अपडेट: बिद्रोही सेनाद्वारा आत्मसमर्पण, सैन्य कु मा सामेल सेना 'देशद्रोही' घोषित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 07:59:00 AM मा प्रकाशित

laxmi  sunrise bank

aatma saparmanटर्कीमा सैन्य कु को प्रयास गर्ने बिद्रोही समुहले आत्मसमर्पण गरेका छन। इस्तानुबुलमा बांस्पोरस पुलमा कब्जा जमाएर बसेका बिद्रोही सैनिकको एक समुहले आत्मसमर्पण गरेका हुन।

टर्कीको सरकारी टेलिभिजनमा बिद्रोही समुहका सेनाहरुले हात टाउकोमा राख्दै आत्मसमर्पण गरेको दृश्य देखाइएको छ। उनीहरु सैनिक पोशाकमा रहेको स्पष्ट देख्न सकिन्छ। सरकारी समाचार एजेन्सीले ५० जना बिद्रोहीलाई पक्राउ गरिएको जनाएको छ ।

यता टर्कीमा सत्ता परिवर्तनको क्रममा जारी अनिश्चितताबीच सरकारी अधिकारिले राजधानी अन्कारामा रात भर जारी रहेको झडपमा ४२ जनाको मृत्यु भएका बताएका छन। मृत्यु हुनेमा अधिकांस साधारण नागरिक रहेको उनीहरुले संचार माध्यमलाई जानकारी दिएका छन।

अन्काराको परिस्तिथि नियन्त्रणमा आएको टर्कीका प्रधानमन्त्री बिनाली युल्दरमले बताएको स्थानीय संचार माध्यमले जनाएका छन। अहिलेसम्म १३० जनालाई पक्राउ गरिएको प्रधानमन्त्रीको भनाइ उद्दृत गर्दै सिएनएनले बताएको छ।

त्यस्तै पछिल्लो पटक आफ्नो समर्थकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति रिक्याप टाइप एड्रोगानले सैन्य कु प्रयासमा संलग्न सेनालाई देशद्रोही बताएका छन। सेना प्रमुख यो समय कहाँ छन् यस बारे भने उनले कुनै जानकारी दिएका छैनन।

राष्ट्रपति एड्रोगानले प्रेस कन्फ्रेसमा सेनामा परिवर्तन गरिने जानकारी दिएका छन। सेना संरचनामा परिवर्तन गरिने र बिद्रोहमा सामेल भएका सेनाहरुलाई बिद्रोही घोषित गरिएको जानकारी दिएका राष्ट्रपति एड्रोगानले सैन्य कु असफल रहने बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved