सलमान खानलाई ५ वर्ष जेल चलान गर्न अदालतको आदेश

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 05, 2018 | 01:35:54 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको एउटा अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। अदालतले उनलाई दोषी ठहर गर्दै ५ बर्षको जेल सजाय र १० हजार रुपियाँ जरिवानाको फैसला गरेको छ । उनलाई भारतको केन्द्रीय कारागार जोधपुर पठाइने छ । 

खानले दुईवटा कालो हरिणलाई एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिम राज्य राजस्थानमा मारेका थिए। यहि अभियोगमा उनलाई जेल चलान गर्न अदालतले आदेश दिएको हो । उक्त अभियोग लागेका अन्य चार अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ। 

तर अहिलेको फैसलाविरुद्ध उनले उच्च अदालत हाइ कोर्टमा पुनरावेदन गर्न सक्छन्। खानविरुद्ध मुद्दा लागेर दोषी ठहर भइ कानुनी झमेलामा पर्नुपरेको यो पहिलोपटक हो।यसअघि सन् २००२ मा एकजना घरबार विहीन व्यक्तिलाई गाडीले हानेर भागेको मुद्दामा खानले अदालतबाट सन् २०१५ मा छुटकारा पाएका थिए। जनावर सिकार गरेको अभियोग यी अभिनेतालाई लागेको यो चौथोपटक हो। सन् १९९८ मा हम साथ साथ हेँ चलचित्रको छायाङ्कनका बेला जनावरको सिकार गरेको अभियोगमा उनलाई मुद्दा लागेको हो। यसअघिका तीनवटा मुद्दामा भने उनी निर्दोष साबित भएका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved