अमेरिकाद्धारा रुसी राष्ट्रपति पुटिनका सहयोगीमाथि प्रतिबन्ध

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 07, 2018 | 08:48:17 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसी राष्ट्रपति पुटिनका बडीगार्ड र  ज्वाईँ सहित सात जना नजिकका सहयोगी, १७ जना वरिष्ठ सरकारी अधिकारी र केही रुसका कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ । ती व्यक्ति तथा कम्पनीले विश्वभर हानिकारक गतिविधि सञ्चालन गरेको अमेरिकाको आरोप छ । 

अमेरिकाले रुसका उच्च स्तरका व्यक्तिका १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी तथा एउटा बैंकमा प्रतिबन्ध लगाएको हो । अमेरिकाले लगाएको प्रतिबन्धको आलोचना गर्दै रुसले अब कडा कदम चाल्ने चेतावनी दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved