भारत-पाक तनाव: भारतीय सेनाको कारवाहीमा ३५ को मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 29, 2016 | 06:10:12 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत र पाकिस्तानको सीमानामा पर्ने भारत प्रशासित क्षेत्र जम्मुकाश्मिरमा बिहीवार भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।



स्थानीय समयानुसार बिहीवार बिहान २ः३० बजेबाट सुरु भएको दोहोरो भिडन्त बेलुका ८ बजेसम्म चलेको थियो । भारतीय सेनाले 'सर्जिकल स्ट्राइक' गरेको स्वीकार्दै बिहीबारको दोहोरो हमलाबारे पुष्टि गरेको छ । 


भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले आतङ्कवादीको इलाकामा हमला गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले  राष्ट्र बचाउनका लागि सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा उक्त घटना भएको बताए ।

 सीमा नियन्त्रण रेखामा आतङ्कवादीहरु जम्मा हुँदैछन् भन्ने जानकारी पाएपछि भारतीय सेनाले बुधवार राति जवाफी कारबाही गरेको सेनाले बताएको छ । भारतको चर्चित अंग्रेजी दैनिक 'टाइम्स अफ इन्डिया'ले 'टाइम्स नाउ'लाई उदृत गर्दै कारबाहीमा ३५ देखि ४० आंतककारी र ९ पाकिस्तानी आर्मी मारिएको बताएको छ ।

 


गत सेक्टेम्बर १८ भारत प्रशासित काश्मिरको गरीमा माभएका हमलामा परी १७ जना भारतीय सैनिक मारिएपछि दुई मुलुकबीच तनाव बढेको छ । उक्त हमलामा पाकिस्तानको हात रहेको भारतले आरोप लगाउँदै आएपनि पाकिस्तानले भने सो आरोपको खण्डन गर्दै आएको छ ।

यसअघि सन् २००३ मा यी दुई मुलुकले युद्धविरामको घोषणा गरेका थिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved