पाकिस्तानलाई एक्ल्याउन खोज्दा भारतलाई चीनले दियो अर्को झट्का

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 01, 2016 | 07:18:45 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनले तिब्बतमा आफ्नो एक जलबिद्युत परियोजनाका लागि ब्रह्मपुत्रको एक सहायक नदिको पानी रोकिदिएको छ। भारतले पाकिस्तानसँग वर्षौं पहिले भएको सिन्धु जल सम्झौतामा पुनर्विचार गर्ने बताइरहेको अवस्थामा चीनबाट यस्तो समाचार आउनुलाई महत्त्वका साथ हेरिएको छ। 

समाचार एजेन्सी शिन्हुआका अनुसार चीनले यसबाट बिजुली निकाल्ने, सिंचाईको लागि प्रयोग गर्ने बताएको छ। ब्रह्मपुत्रको एक सहायक नदिको पानि रोक्ने कार्यले बाढीमा नियन्त्रण हुने चीनले बिश्वास गरेको छ। 

 

चीनले ब्रह्मपुत्रको सहायक नदिको पानि रोक्ने निर्णय गरेसंगै भारत र बंगलादेश यसबाट चिन्तित देखिएको समाचार एजेन्सीले जनाएका छन। चीनको उक्त निर्णयका कारण भारत र बंगलादेशमा धेरै स्थानहरुमा लाखौ मानिसहरु पानिको अभाबका कारण प्रभावित हुने भएका छन्। 

चीनबाट बगेको ब्रह्मपुत्र नदि भारतको पुर्बिय राज्य अरुनाचाल प्रदेश र असम हुँदै बंगलादेश पुग्द छ। शिन्हुआका अनुसार चीनले यस परियोजनाबाट सन २०१४ मा काम सुरु गरेको छ। चीन यो परियोजनालाई सन २०१९ मा पुरा गर्न चाहेको शिन्हुआले जनाएको छ।    

ब्रह्मपुत्रको सहायक नदिको पानि रोक्ने समाचार यस्तो समयमा आएको छ जब भारत पाकिस्तानको साथमा बर्षौ पहिले गरेको सिन्धु सम्झौतामा पुनर्विचार गर्न चाहेको छ। 

भारत शासित् जम्मु कश्मिरको उरीमा चरमपन्थी आक्रमण पछि एक बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, 'खुन र पानि एक साथ बग्न सक्दैन' उरीमा भएको चरमपन्थी आक्रमण १९ भारतीय सैनिकको मृत्यु भएको थियो।
 
भारत र पाकिस्तान सिमामा भएको आक्रमणको आरोप एक अर्का माथि थोप्दै आएका छन। यस अगाडी भारतले नियन्त्रण रेखा नजिक चरमपन्थी बिरुद्द भन्दै सर्जिकल स्ट्राइक गरेको थियो। यद्दपी पाकिस्तानले भारतको यो दाबीलाई झुट बताउदै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved