भारतमा फैलियो घातक निपा भाइरस: १० जनाको मृत्यु, कसरी बच्ने ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 05:28:33 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका स्वास्थ्य अधिकारीहरूले भनेका छन् त्यहाँको दक्षिणी राज्य केरलामा फैलिएको घातक निपा भाइरस संक्रमणका कारण मारिनेको संख्या १० पुगेको छ। उक्त संक्रमण भएको आशंकामा अन्य नौ जनाको रगत परीक्षण गरिँदैछ। अलग्याएर उपचार गर्न विशेष वार्डहरू स्थापना गरिएका छन्।

भारतका स्वास्थ्य अधिकारीहरूले भनेका छन् त्यहाँको दक्षिणी राज्य केरलामा फैलिएको घातक निपा भाइरस संक्रमणका कारण मारिनेको संख्या १० पुगेको छ। उक्त संक्रमण भएको आशंकामा अन्य नौ जनाको रगत परीक्षण गरिँदैछ। अलग्याएर उपचार गर्न विशेष वार्डहरू स्थापना गरिएका छन्।

एनआईभी भनिने निपा भाइरसको संक्रमणले नयाँ किसिमको रोग हो। यो अरू पशुबाट मानिसमा सर्न सक्छ। यो भाइरस खासगरी 'फ्रूट ब्याट' भनिने एक प्रकारको चमेरोमा पाइन्छ। यो संक्रमणलाई सबभन्दा पहिले सन् १९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो।

त्यतिखेर फैलिएको इन्सेफलाइटिस तथा श्वासप्रश्वाससम्बन्धी प्रकोपका बेला बङ्गुरपालक किसानहरूमा यो रोग भेटिएको थियो। सो प्रकोपमा झन्डै तीन सय जनाले ज्यान गुमाएका थिए। प्रकोप रोक्न दश लाखभन्दा धेरै बङ्गुर मारिएका थिए।

रोग पाइने स्थानमा भएका बिरामी बङ्गुर तथा चमेराको सम्पर्कबाट टाढा रहेर यो रोगबाट बच्न सकिने बताइन्छ। यसका लक्षणमा ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वासको समस्या, कमजोरी तथा मानसिक असन्तुलन पर्दछन्। लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमा मा जान सक्छ।

सत्तरी प्रतिशतसम्म मृत्यु दर भएको उक्त भाइरस संक्रमणका विरुद्ध कुनै खोप उपलब्ध छैन। विश्व स्वास्थ्य संगठनले हुनसक्ने ठूलो महामारीको सम्भावित कारकका रूपमा सूचीकृत गरेका दश घातक रोगमा निपा भाइरस संक्रमण पनि पर्दछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved