भारतीय विदेशमन्त्रीको विवादित बयान: जनकपुरमा मोदीले भारतीयलाई सम्बोधन गरेका थिए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 28, 2018 | 10:23:56 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बैशाखमा भएको नेपाल भ्रमणलाई लिएर विवादास्पद बयान दिएकी छन। भारतीय विदेश मन्त्रालयमा आयोजित मोदी सरकारले चार वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा स्वराजले यस्तो विवादित बयान दिएकी हुन। 

सुष्मा स्वराजले 'प्रधानमन्त्री मोदीले जनकपुरमा लाखौँ प्रवासी भारतीयलाई सम्बोधन गरेको' बताएकी थिइन। उनले मोदीले विश्वका विभिन्न देशमा रहेका भारतीय प्रवासीहरुलाई सम्बोधन गर्ने गरेको र सोहि क्रममा जनकपुरमा लाखौँ भारतीय प्रवासीलाई सम्बोधन गरेको बताइन। मोदीले अमेरिकादेखि जनकपुरसम्म लाखौंलाख भारतीयलाई सम्बोधन गरेर उनीहरूसँग जोडिने काम गरेको सुष्मा स्वराजले बताएकी छन। 

बैशाख २८ गते जनकपुर पुगेका मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको थियो। तर सुष्मा स्वराजले भारतीय प्रवासीलाई सम्बोधन गर्ने क्रममा मोदी जनकपुर पुगेको धारणा व्यक्त गरेकी छिन। 

जनकपुरस्थित जानकी मन्दिरमा षोडशोचार विधिबाट विशेष पूजाअर्चना गरेपछि मोदीको नागरिक अभिनन्दन भएको थियो। उनले त्यहाँ सम्बोधन गरेका थिए र त्यसपछि काठमाडौं आएका मोदीले बैशाख २९ गते मुक्तिनाथ गएर पूजाआजा गरेका थिए। मोदीलाई जनकपुरमा झैँ काठमाडौं महानगरपालिकाले पनि नागरिक अभिनन्दन गरेको थियो। 

जनकपुर मा झैं काठमाडौं महानगरपालिकाले पनि मोदीको नागरिक अभिनन्दन गरेको थियो। र मोदीले काठमाडौंमा पनि सम्बोधन गरेका थिए। तर सुष्मा स्वराजले मोदीले जनकपुरमा भारतीयलाई सम्बोधन गरेको बताएर मोदीको नेपाल भ्रमणलाई विवादमा तानेकी छन। 

हेर्नुस भिडियो: 

 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved