युगान्डामा नयाँ कानुन : फेसबुक लगायत सामाजिक सन्जाल प्रयोग गर्दा दैनिक कर तिर्नु पर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 04:22:44 PM मा प्रकाशित

laxmi  sunrise bank

युगान्डाको संसदले विवादास्पद 'सामाजिक संजाल कर' सम्बन्धि कानुन पारित गरेको छ । यस कानुन अनुसार अब हरेक नागरिकले फेसबुक, भाईबर, ट्वीटर, व्हाट्सएप जस्ता सामाजिक संजाल प्रयोग गर्दा सरकारलाई कर तिर्नु पर्छ । यस कानुन अनुसार सामाजिक संजाल प्रयोग गर्नेले हरेक दिन ०.०५ डलर कर तिर्नु पर्छ । 

यो कानुन आगामी जुलाई १ तारिखदेखि लागु हुनेछ । तर सरकारले कसरि र के को आधारमा यसरी कर उठाउने छ, त्यो भने स्पष्ट भई सकेको छैन । 

त्यस्तै अन्तशुल्क समबन्धि संशोधित नयाँ कानुनले आफ्नो मोबाइलबाट गरिने कारोबारमा १ प्रतिशत कर लाग्ने छ ।

नयाँ कर समबन्धि कानुनको जानकारी दिदै त्यहाँका अर्थ मन्त्री देशको बढ्दै गरेको ऋण तिर्नको लागि यस्तो ब्यबस्था गर्नु परेको जानकारी दिएका थिए । 

देशमा धेरै सिम कार्ड सरकारी नियम अनुसार दर्ता नभएकोले यो ब्यबस्थाले कसरि काम गर्छ भन्नेमा टेलिकम कम्पनीबीच अन्योल देखिएको छ । साढे २ करोड ३० लाख मध्ये ३ लाख जनता मध्ये केवल १ करोड ७० लाखले मात्र इन्टरनेट प्रयोग गर्ने भएकोले पनि यो कार्यन्वयन गर्न चुनौतीपूर्ण भएको बिबिसीले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved