डोनाल्ड ट्रंपको नाम नोवल शान्ति पुरस्कारका लागि सिफारिस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 14, 2018 | 05:31:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको नाम नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गरिएको छ। उत्तर कोरियाली नेता किम जोङ उनसँगको ऐतिहासिक सिंगापुर वार्ताका कारण ट्रम्पको ट्रंपको नाम सिफारिस गरिएको हो। 

नर्वेका दुई जना सांसदले ट्रंपलाई नोवल शान्ति पुरस्कारका लागि सिफारिस गरेका हुन। उत्तर र दक्षिण कोरियाबीच निशस्त्रीकरण मार्फत शान्ति कायम गर्न ट्रंपले महत्वपूर्ण कदम चालेको नर्वेको पपुलिस्ट प्रोग्रेस पार्टीका सा‌ंसदहरु क्रिस्टियन टेब्रिङ र पेर विली एमुडसेनको भनाई छ। 

ती दुवै सांसदले नर्वेको समाचार एजेन्सी एनटीबीसँग भनेका छन, ' उत्तर र दक्षिण कोरियाबीच निशस्त्रीकरण मार्फत शान्ति कायम गर्न ट्रम्पले ठूलो र महत्वपूर्ण कदम चालेका छन।' नोवल कमिटीले सन् २०१८ को नोवल पुरस्कारका लागि सिफारिस आहृवान गरेको छ ।

ट्रंपलाई अमेरिका र नर्वेका नेताहरुको समर्थन रहेकाले पनि उनको नाम नोवेल पुरस्कारका लागि सिफारिस गरिएको छ। प्रत्येक बर्ष नोवेल पुरस्कारको बिजेताको नाम अक्टुबरको पहिलो साताको पहिलो शुक्रबार घोषणा गरिन्छ।   

नोवेल पुरस्कार बिजेताको नाम छनौट गर्न गठित समितिले सिफारिस गरिएका व्यक्तिहरुको नाम सार्वजनिक गर्दैन, जस कारण ट्रंपको नाम साच्चिकै सिफारिस गरिएको छ भन्नेमा स्पष्ट छैन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved