शरिफले खारेज गरे सर्जिकल स्ट्राइकको भारतीय दाबि, 'पाकिस्तान र कश्मिर दुवै बलिया'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 05, 2016 | 08:44:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री नवाज शरिफले पाकिस्तानको काश्मिरी क्षेत्रमा भारतले दाबि गरेको सर्जिकल स्ट्राइललाई अस्विकार गरेका छन। भारतले काम्श्मिरमा गरेको मानबअधिकार उल्लङ्घनको काममा विश्वको ध्यान नतानीयोस भनेर भारतले सर्जिकल स्ट्राइकलाई अनावश्यक बढावा दिएको शरिफले आरोप लगाएका छन।

पाकिस्तानमा संघीय मन्त्रिमण्डल र राष्ट्रिय सुरक्षा समितिको बिशेष बैठक पछि बोलाइएको संसदको बिशेष संयुक्त सत्रलाई सम्बोधन गर्ने क्रममा  शरिफले काश्मिरको एजेन्डालाई प्रमुख प्राथमिकतामा राखेका छन। 

शरिफले काश्मिरी जनता माथी भारतीय सेनाको बर्बरता बिरुद्द लड्नका लागि सबैलाई एकजुट बनाउनका लागि   शरिफले संसदको बिशेष बैठकको आब्हान गरेको पाकिस्तानी संचार माध्यमले जनाएका छन। यद्दपी पाकिस्तानको दोस्रो ठुलो दल पाकिस्तान तहरिके इन्साफले भने यो बैठक बहिष्कार गरेको जनाइएको छ।     

भारतले काश्मिर माथि आक्रामक रुपमा आफ्नो कदम चालेको जानकारी गराउदै शरिफले यस प्रकारको भारतीय कदम बिरुद्द सबैलाई एकजुट हुन समेत आग्रह गरेका छन। 'काश्मिरको दुर्दशालाई विश्व भर फैलाउन सबै राजनीतिक दल मिलेर गम्भीर प्रयास गर्नु पर्छ' उनले संसदमा भनेका छन।

शरिफले विभिन्न राजनीतिक दलबाट प्राप्त सुझाब सल्लाहलाई हर सम्भब पालना गर्ने आश्वासन दिदै भनेका छन-'यस बैठकबाट पाकिस्तान र कास्मिर दुवै बलियो भएका छन।' 

यस मामिलामा मंगलबार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले पाकिस्तान शान्तिको संयुक्त प्रयासको समर्थनमा रहने तर कसैको सर्वोच्चता स्वीकार नगर्ने निर्णय गरेको छ।  

संसदको बैठकमा शरिफले भारतलाई चेतावनी दिदै पाकिस्तानको रक्षा क्षमतालाई लिएर अनावश्यक चर्चाबाजी नगर्न चेतावनी दिए। केन्द्रीय सूचनामन्त्री परवेज रशीदले भनेका छन् कि यो बैठकले भारतीय सेनाको ‘बर्बरताको शिकार’ भएका कश्मीरी जनतासँग ऐक्यवद्धता जनाउन बोलाइएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved