'यो सर्जिकल स्ट्राइक हुँदै होइन'-भारतीय रक्षा विशेषज्ञ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 06, 2016 | 11:04:41 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय सेनाको एक समुहले पाकिस्तान प्रशासित कास्मिरमा आक्रमण गरेर केहि चरमपन्थीलाई मारेको छ, त्यसलाई सर्जिकल स्ट्राईक भन्नु गलत हो। यो सर्जिकल स्ट्राइक होइन। सर्जिकल स्ट्राइक परमाणु हतियारको प्रयोगसंग जोडिएको हुन्छ। 

भारतीय सेनाले जे गर्यो त्यो वास्तवमा क्रस बोर्डर एक्सन हो। यस प्रकारको एक्सन पहिले पनि हुँदै आएको छ। दुवै तर्फका सेनाले यस्तो आक्रमण गर्दै आएका छन। यो करिब करिब दैनिक हुन्छ। यसमा नयाँ केहि छैन। 

यस पटक सेनाको यो एक्शन ठुलो अनुपातमा भयो र एक आक्रमणपछि भयो। सेनाले स साना स्ट्राइक दैनिक गर्छन। जब सरकारी अनुपतिपछि यस प्रकारको कारबाही गरिन्छ र गहिराइमा पुगेर कारबाही गरिन्छ तब बल यो मामिला ठुलो हुन्छ।मलाई थाहा छ आक्रमण कहाँ भयो र कसरि भयो।  

यस पटक यो बिषय राजनीतिक क्षेत्रमा आयो, जुन सरासर गलत हो। यस घटनामा जसरि सेनालाई सामेल गरिएको छ त्यो गलत हो। यस मुद्दामा सरकार या सेनालाई कुनै प्रमाण दिनु पर्ने कुनै कारण नै छैन।  

यदि तपाई प्रमाण दिने नै हो भने त्यसको भिडियो देखाए पुग्छ, केहि मानिस यसलाई नक्कली भन्छन भने तपाई के गर्नु हुन्छ ? 

यो मुद्दा सरकार र विपक्षको राजनीतिक लडाई हो। विपक्ष सरकारलाई आरोप लगाएको छ र सरकार केहि प्रमाणित गर्ने प्रयास गर्दै छ। सर्वसाधारण जनता सेनालाई होइन राजनीतिक दलका नेताहरुलाई संका गर्दै छन। त्यहि पनि प्रमाण दिईरहनुपर्ने कुनै कारण नै छैन। 

भारतीय रक्षा विशेषज्ञ पूर्व मेजर जनरल अफसर करिमसँग बीबीसी संवाददाता नितिन श्रीवास्तवले गरेको कुराकानीमा आधारित

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved