एसबीआई बैंकको २० लाख रुपैयाँ मुसाले काटेपछि...(भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 20, 2018 | 11:54:55 PM मा प्रकाशित

laxmi  sunrise bank

मुसाले एटिएम मेसिनमा राखेको पैसा काटेको समाचार भाईरल बनेको छ। भाइरल नहोस पनि कसरि, मुसाकै कारण बैंकलाई करिब २० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ। 

भारतको आसाम राज्यमा भएको यस घटनाले कयौंलाई अचम्मित मात्र बनाएको छैन, अहिले ट्वीटरमा ट्रेन्डीङ मा नै आएको छ। त्यहाँका बिभिन्न संचार माध्यममा आएको समाचारका अनुसार नेपालमा समेत आफ्नो कारोबार संचालन गरिरहेको स्टेट बैंक अफ इन्डियाको आसाम स्थित शाखा कार्यलयको एटिएममा यस्तो घटना भएको हो। 

समाचारमा जनाईएअनुसार त्यस एटिएममा करिब १२ लाख भारु बराबरका नोटहरु मुसाले काटेको अवस्थामा भेटिएको छ। १२ लाख भारतीय रुपियाँ पूर्ण रुपमा प्रयोगबिहिन अवस्थामा एटिएम मेसिनमा भेटिएको समाचारमा उल्लेख छ। पूर्ण रुपमा नष्ट भएका नोटहरुको तस्विर देखेर ट्वीटरमा 'हंगामा' नै मच्चिएको छ। 

एटिएम मेसिन मर्मत गर्न पुगेका प्राविधिक टोलिका कारण यो घटना बाहिर आएको हो। उक्त मेसिन गत एक महिना देखि नै बिग्रिएको र कसैले पनि प्रयोग नगरेको इन्डियन एक्सप्रेसले जनाएको छ। यस्तो घटना हुनु केहि दिन अगाडी मात्रै प्राविधिक टोलिले २९ लाख ४८ हजार भारु त्यस एटिएम मेसिनमा राखेका थिए। 

जुन ११ अर्थात आज भन्दा करिब ९ दिन अगाडी प्राविधिक टोलि एटिएम मेसिन मर्मतका लागि उक्त स्थानमा पुग्दा उनीहरुले भारु २००० र ५०० का नोट धुजा धुजा अवस्थामा भेटेको समाचारमा जनाइएको छ। करिब ३० लाख भारु मध्ये झन्डै १२ लाख ३८ हजार रुपियाँ पूर्ण रुपमा काम नलाग्ने अवस्थामा भेटिएको र १७ लाख १० हजार मात्र सहि अवस्थामा भेटिएको 'द हिन्दु' ले लेखेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved