११ घण्टा लगाएर थाई गुफामा फसेका थप ४ को उद्दार, अझै ५ जना गुफा भित्रै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 09, 2018 | 08:44:12 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्धारकर्मीहरूले उत्तरी थाईल्यान्डको एउटा बाढीग्रस्त गुफामा फसेका थप चार बालकहरूलाई बाहिर ल्याएका छन्।  गत जुन २३ देखि त्यहाँ अलपत्र परेका १२ बालक र तिनका फुटबल प्रशिक्षकलाई बाहिर ल्याउन एउटा चुनौतीपूर्ण र जटिल उद्धार अभियान आइतवार थालिएको थियो। आइतवार र सोमवार गरेर गोताखोरहरूले आठ जनाको उद्धार गरिसकेको थाई जलसेनाले पुष्टि गरेको छ। अब चार बालक र २५ वर्षीय प्रशिक्षक मात्र गुफाभित्र बाँकी छन्।

चार जनाको उद्धार भएको पुष्टि गरिनुअघि एअर एम्बुलेन्सहरू गुफा भएको क्षेत्रबाट उडेका र एम्बुलेन्सहरू चियाङ राईस्थित अस्पतालमा आइपुगेका देखिएको थियो। थप वर्षा भए गुफामा भेल पस्ने र पानीको सतह बढ्ने त्रासले गर्दा उद्धार अभियान पहिले सोचिएको समयभन्दा अगाडि नै थालिएको थियो। सोमवार उद्धार अभियान बिहान ११ बजे थालिएको थियो।

आइतवार उद्धार गरिएका र अस्पताल भर्ना भएका बालकहरू राम्रो स्थितिमा रहेका बताइएको छ। तर उनीहरूको परिचय सार्वजनिक गरिएको छैन। भित्र रहेका बालकहरूका परिवारबारे विचार गरेर उद्धार गरिएकाहरूको परिचय नखुलाइएको र उनीहरूको परिवारसँग पुनर्मिलन पनि भइनसकेको उद्धार अभियानका प्रमुखले बताएका छन्। सोमवारको उद्धारकार्यमा अघिल्लो दिनको भन्दा बढी व्यक्तिहरू संलग्न भएका थिए।

थाई र विदेशी गोताखोरहरूको समूह गुफाभित्र गरिएको उद्धारमा सहभागी छ। ती अनुभवी गोताखोरहरूले बालकहरूलाई गुफाका जलमग्न एवम् अँध्यारा भागहरूमा मार्गदर्शन गरेर बाहिर ल्याउने योजना गरिएको हो। त्यसरी आउँदा बालकहरूले हिँड्नु, पौडिनु, उकालो उक्लिनु र गोता लगाउनु पर्छ। ती बालकहरूले सुरक्षित उद्धारका लागि पहिला कहिल्यै नलगाएको पानीमुनि जाँदा लगाउनुपर्ने विशेष पोसाक र उपकरणहरू प्रयोग गर्नुपर्छ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved