शक्तिशाली प्रधानमन्त्री मोदी बिरुद्द संसदमा अविश्वासको प्रस्ताव दर्ता, अब के हुन्छ ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 18, 2018 | 06:51:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्द त्यहाको तल्लो सदन लोक सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । मनसुन अधिबेशनको पहिलो बैठकमा नै बुधबार मोदी बिरुद्द अविश्वासको प्रस्ताव दर्ता भएको हो । सभामुख सुमित्रा महाजनले अविश्वास प्रस्ताव स्वीकार गरेकी हुन्  ।  

भारतीय कंग्रेस र तेलेगु देसम पार्टी लगायतका बिपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । यद्यपि यो प्रस्ताव ४ बर्ष अगाडी दर्ता भएको हो । तर आज मात्रै सभामुखले प्रस्ताव स्वीकार गरेकी हुन् । प्रस्तावमाथि आगामी शुक्रबार छलफल र सोहि दिन मतदान हुने छ । 

हाल सरकारमा भारतीय जनता पार्टीको बहुमत छ ।  अविश्वास प्रस्ताव दर्ता गरेपनि बिपक्षी संग त्यसलाई पारित गर्न पुग्ने बहुमत छैन । हाल भारतीय लोकसभामा ५ सय ३५ सांसद छन् । प्रस्ताव पारित गर्न २ सय ६८ वा बढी सांसद चाहिन्छ ।  तर प्रधानमन्त्री मोदीको पक्षमा ३१२ सांसदको समर्थन छ, बिपक्षीसंग २ सय २३ सांसद मात्र छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीको पदलाई कुनै खतरा छैन । 

यसलाई सरकार बिरुद्दको सांकेतिक बिरोधको रुपमा हेरिएको छ । २०१९ मा पुन लोकसभा चुनाव हुदै छन् ।  बिपक्षीले चुनाव अगाडी सत्तारुढ दललाई कम्जोर बनाउने रणनीति स्वरुप अविश्वासको प्रस्ताव दर्ता गरेको भारतीय संचार माध्यमहरुले विश्लेषण गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved