नोबेल शान्ति पुरस्कारबाट प्राप्त रकम द्वन्द्वपीडितमा समर्पित गर्ने सान्तोसको घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2016 | 03:15:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कोलम्बियाका राष्ट्रपति ख्वान मैनुएल सान्तोसले नोबेल शान्ति पुरस्कारबाट प्राप्त हुने रकम आफ्नै देशका द्वन्द्वपीडितका पक्षमा समर्पित गर्ने घोषणा गरेका छन् ।

नर्वेमा भएको अवार्ड ज्युरीले फार्क बिद्रोहीसंग बितेका महिनामा गरिएका शान्ति सम्झौतामा उनको प्रयासलाई प्रशंसा गर्दै शान्तिको नोबेल पुरस्कार घोषणा गरेको हो। 

फार्क बिद्रोही र कोलम्बिया सरकार बीच हवानामा चार बर्ष चलेको वार्तापछि गत महिना मात्रै शान्तिका लागि सम्झौता भएको हो। यस सम्झौतामा सान्तोसको साथ् साथै फार्क नेता टिमोन्शेको समेत मुख्य भूमिका रहेको थियो। 

शान्ति सम्झौता भएपनि पछि कोलम्बिया जनताले जनमत संग्रहमा झिनो अन्तरले यस सम्झौतालाई अस्विकार गरिदियो। ५२ बर्ष पुरानो संघर्षमा अहिले सम्म २ लाख ६० हजार भन्दा बढी मानिस मारीए भने ६० लाख भन्दा बढीले आफ्नो घरबार छोड्न पर्यो। 

सान्तोसले जनमत संग्रहबाट सम्झौता खारेज भएपछि बिद्रोहीहरुसंग वार्ता जारि राख्ने प्रतिबद्दता जनाए। तर राष्ट्रपति सान्तोशले बिद्रोहीहरुलाई धेरै नै छुट दिएको आलोचकहरुको आरोप रहेको छ। 

कोलम्बियाको तटीए शहर कार्टेगानामा फार्क बिद्रोही र कोलम्बिया सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर त भयो र अक्टुबर २ मा भएको जनमत संग्रहमा कोलम्बियाका जनताले झिनो मत अन्तरले शान्ति सम्झौतालाई अस्विकार गरि दिए।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved