को हुन १० करोड राशिको अर्थशास्त्रको नोवेल जित्ने ओलिभर हार्ट र वेन्ट होल्मस्ट्रोम ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2016 | 08:17:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायति अमेरिकी अर्थशास्त्री ओलिवर हार्ट र फिनल्याण्डका बेनेग्ट होल्मस्ट्रामले सन् २०१६ को अर्थशास्त्र तर्फको नोबल पुरस्कार जितेका छन। सम्झौता सिद्दान्त्र (कन्ट्रयाक्ट थ्युरी) मा दिएको योगदानको कदर गर्दै अमेरिकी विश्वविद्यालयका यी दुई प्राध्यापकलाई संयुक्त रुपमा विश्व प्रसिद्द नोबेल पुरस्कार दिइएको हो। 

सन १९४८ मा जन्मेका हार्ट अमेरिकाका हार्वर्ड विश्वविद्यालयका अर्थाशास्त्र तर्फका प्राध्यापक हुन भने होल्मस्ट्राम म्यासेच्युसेट्स इन्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का अर्थशास्त्र तथा व्यवस्थापन तर्फका प्राध्यापक हुन।   

दुई प्राध्यापकले सम्झौता सिद्धान्तलाई बिकसित रुप दिएकाले उनीहरुलाई यस बर्षको नोबेल पुरस्कार दिइएको नोवेल निर्णायक समितिले जनाएको छ। बिकसित सम्झौता सिद्धान्तमा उच्च कार्यकारी अर्थात उच्च तहमा कार्यरत अधिकारीहरुका लागि प्रदर्शन आधारित भुक्तानी,  विमामा कटौती योग्य वा सह भुक्तानी तथा सार्वजनिक गतिबिधिहरुका निजीकरण जस्ता सम्झौता मस्यौदामा कयौं बिबिध मामिलाहरु बारे व्यापक विश्लेषण गरिएको छ। 

हार्ट र होल्मस्ट्रामद्वारा बिकसित गरिएको नयाँ सैद्धांतिक उपकरण वास्तविक जिबनका सम्झौता तथा संस्थाहरुलाई बुझ्नका साथ् साथै सम्झौता मस्यौदाका सम्भावित खतराको आंकलनमा समेत महत्तपूर्ण रहेको छ।

उनीहरुको यस अभुतपुर्व कामले ब्याङ्क्रप्ट सम्बन्धी कानुनी प्रावधान र यससँग जोडिएको राजनीतिक संरचनाहरुबारे नीतिगत कदम चाल्न बलियो  'बौद्धिक पुर्वाधार' बनेको निर्णायकहरुको मत छ। दुवै प्राध्यापकलाई पुरस्कार बापत संयुक्त रुपमा ८० लाख स्विडिस क्रोन अर्थात कारोब १० करोड रुपैयाँ प्रदान गरिने छ। पछिल्लो बर्ष यो पुरस्कार अमेरिकी बेलायति अनुसन्धानकर्ता एन्गस डेटनलाई गरिबीमा उनीले गरेको उल्लेखनीय कार्यका लागि प्रदान गरिएको थियो।

अर्थशास्त्री ओलिवर हार्टअर्थशास्त्र तर्फको नोवेल जित्ने दुबै प्राध्यापकको जन्म युरोपमा भएको हो। सन् १९४८ मा बेलायतमा जन्मिएका हार्ट अहिले अमेरिका बसोबास गर्दै आएका छन। हार्वर्ड विश्वविद्यालय प्रवेश गर्नु अघि हार्टले लन्डन स्कुल अफ इकोनोमिक्स र एमआइटिमा समेत प्राध्यापन गरेका थिए।

 

 

अर्थशास्त्री बेनेग्ट होल्मस्ट्राम त्यस्तै होल्मस्ट्रोम फिनल्यान्डका नागरिक हुन्। होल्मस्ट्रोम त्यहाँको स्विडिस मातृभाषा बोल्ने अल्पसंख्यक समुहमा पर्छन्। हाल उनी एमआइटीमा अर्थशास्त्र एवं व्यवस्थापन तर्फका प्राध्यापक हुन्।  एमआइटि जानु अघि उनले नर्थवेष्ट विश्वविद्यालय र याले विश्वविद्यालयमा प्राध्यापन गरेका थिए।
 

 

सन २०१६ को अर्थशास्त्र विधामा पुरस्कार पाउनेमा हार्ट र होल्मस्ट्रोम जोडीको मुख्य प्रतिस्पर्धीमा विश्व बैंकका नयाँ चीफ इकोनोमिष्ट पउल रोमरलाई हेरिएको थियो।    

नोबेल पुरस्कारको स्थापना 
अर्थशास्त्र तर्फको यो पुरस्कार नोबेल पुरस्कारमा सबै भन्दा अलग छ। यसलाई स्विडिस केन्द्रीय बैंकले सन १९६८ मा स्थापना गरेको हो। तर अन्य नोबेल पुरस्कारको स्थापना स्विडिस आविष्कारक अल्फ्रेड नोबेलको मन्जुरीका अनुसार सन १९८५ मा गरिएको थियो। 

हरेक बर्ष ६ फरक क्षेत्रहरुमा नोबेल पुरस्कारको घोषणा गरिन्छ। अर्थशास्त्र तर्फको यो पुरस्कार यस बर्ष घोषणा गरिएको मध्येको पाँचौ नोबेल पुरस्कार हो। पछिल्लो साता चिकित्सा, भौतिक विज्ञान, रसायन बिज्ञान र शान्तिका लागि नोबेल पुरस्कार घोषणा गरिसकिएको छ। यस बर्षको अन्तिम तथा छैठौ साहित्य तर्फको नोबेल पुरस्कारको घोषणा गर्न बाँकी नै छ। साहित्य तर्फको पुरस्कार यसै साता बुधबार घोषणा हुने छ। 

साहित्य तर्फको पुरस्कारका लागि स्विडिस एकेडेमीका विख्यात अमेरिकी उपन्यासकार फिलिप रोथ, जापानका हरुकी मुराकामी, नर्वेका लेखक जोन फाँस तथा सिरियाका कबि एडोनिस मध्येबाट कोइ एक छनौट हुने छन।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved