पाकिस्तान: पुर्व क्रिकेटर इमरान खानको पार्टीलाई शुरूवाती अग्रता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 26, 2018 | 07:51:49 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानमा आमनिर्वाचनपछि जारी मतगणनामा पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले शुरूवाती अग्रता लिएको देखिएको छ। औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेका छन्। पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल-एनले चुनावमा अनियमितता भएको आरोप लगाएको छ। सो पार्टीका नेता शहबाज शरिफले चुनावको नतिजालाई राजनीतिक र कानूनी दुवै चुनौती दिने चेतावनी दिएका छन्।

सन् २०१३ को चुनाव जिते पनि शरिफको पार्टीले बहुमत ल्याउन सकेको थिएन। जानकारहरूका अनुसार यसपटक पीएमएल-एन सशक्त प्रतिपक्षीको रुपमा सीमित हुने देखिन्छ। पीटीआईका विरोधीहरूले सो पार्टीलाई जिताउन पाकिस्तानको शक्तिशाली सेना आफैँ लागिपरेको आरोप लगाएका छन्। तर पीटीआईका एक नेता आरिफ आल्भीले सो आरोपको खण्डन गरेका छन् भने सेनाले चुनावमा कुनै प्रकारको हस्तक्षेप नगरेको जनाएको छ।

 पाकिस्तान पिपुल्स पार्टीका नेता बिलावल भुट्टोले पनि मतगणनामा अनियमितता भइरहेको दावी गरेका छन्। उनी हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीका छोरा हुन्। पाकिस्तानमा राष्ट्रिय विधायिका (न्याशनल एसेम्बली) का २७२ स्थानका लागि बुधवार मतदान भएको थियो।  त्यसमध्ये ७० स्थान महिला तथा अल्पसंख्यकहरूका लागि आरक्षित छ। चुनावका लागि देशभरि सुरक्षा व्यवस्था कडा पारिएको भनिएका बेला क्वेटा शहरमा एउटा विस्फोट गराइँदा कम्तीमा ३० जनाको ज्यान गएको थियो। अधिकारीहरूका अनुसार चुनावलाई मध्यनजर गर्दै देशभरि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको थियो।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved