पाकिस्तानलाई मोदीको कडा जवाफ, भने 'कहिले काहीं युद्द अनिवार्य' 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2016 | 07:27:32 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तान प्रशासित काश्मिरी क्षेत्रमा भारतीय सेनाको तर्फबाट गरिएको 'सर्जिकल स्ट्राइक' पछि फेरी एक पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानबिरुद्द कडा रुपमा प्रस्तुत भएका छन। 

मंगलबार बिजयदशमीको दिन उत्तर प्रदेशको लखनउमा रावणको पुत्ला दहन कार्यक्रममा पाकिस्तान आतंकबादलाई आश्रय दिने मुलुक भन्दै चोटिलो प्रहार गरेका छन। 'कहिले काहीं युद्द अनिवार्य हुन्छ, त्यहि पनि भारत युद्दको भुमि होइन, युद्दको बाटोबाट बुद्दले देखाएको मार्गमा हिड्ने राष्ट्र हो' मोदीले भनेका छन। 

रावणरुपी आतंकबादलाई मार्नुको साथ साथै रावणको रुपमा समाजमा आश्रय लिएको दुष्कर्मलाई समेत समाप्त पार्नु पर्ने संकल्प लिन मोदीले सबैलाई आग्रह गरे। आतंकबाद सिंगो मानवताको दुश्मन भएको बताउदै आतंकबादलाई आश्रय दिने मुलुक बिरुद्द विश्व समुदाय एक भएर लड्नु पर्ने मोदीले बताए। 

लखनउको ऐतिहासिक रामलिलामा रावणको पुत्ला दहन अघि उपस्थित नागरिकहरुलाई सम्बोधनको क्रममा आतंकबादलाई आश्रय दिने मुलुककाई माफि दिन नसकिने बताए। रावण बिरुद्द जटायुले युद्द लडेको प्रशंग स्मरण गराउदै मोदीले १२५ करोड भारतीय जनता पनि आतंकबाद र आतंकबादलाई आश्रय दिने मुलुक बिरुद्द उठ्ने हो भने यस्तो शक्ति स्वत: पराजय हुने बताए।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved