विश्वकै लामो अवधिसम्म राज गर्ने थाई राजाको निधन, पुरै एक बर्ष शोकको अवधि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2016 | 08:13:02 PM मा प्रकाशित

laxmi  sunrise bank

थाइल्याण्डला राजा भूमिबोल अदुल्यादेजको ८८ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि विमारी रहेका राजाको उपचारकै क्रममा आज निधन भएको राजमहलले पुष्टि गरेको छ।

पछिल्लो कयौं बर्षदेखि बिरामी अवस्थामा रहेका राजा पुमीपोनको स्वास्थ्य अवस्था केहि दिन यता नराम्रोसंग बिग्रिएको थियो। उनको निधन स्थानीय समय अनुसार ३ बजेर ५२ मिनेटमा भएको हो। 

विश्वकै इतिहासमा लामो समयसम्म राजा बन्न सफल पुमीपोन सन १९४६ देखि थाइल्याण्डका राजा थिए। सबै नागरिकलाई एक साथ मिलाएर अघि बढ्न सक्ने राजाको रुपमा उनलाई हेरिन्थ्यो। 

थाई नागरिकहरु अस्पताल परिसरमा ठुलो मात्रामा भेला भएका छन। कयौं नागरिकहरु गुलाबी रंगको पोशाकमा अस्पताल परिसरमा उपस्थित छन्। थाइल्याण्डमा गुलाबी रंगलाई शुभ मानिन्छ। उनको निधन भएको खबर सार्वजनिक भएसंगै थाई नागरिकहरु रुदै भाबुक मुद्रामा अस्पताल बाहिर जम्मा भएका छन। 

राजा पुमीपोनको मृत्युपछि थाइल्याण्डका नयाँ राजा ६४ बर्षीय युवराज माहा वाजिरालाग्कोर्ण हुने थाई प्रधानमन्त्री प्रायुत चैन-ओ-चाले घोषणा गरेका छन्। तर नयाँ राजा बन्न लागेका प्रायुत चैन-ओ-चा आफ्नो पिता जस्तै प्रभाबशालि राजा नरहेकोमा थाई नागरिकले चिन्ता व्यक्त गरेका छन। थाई राजा पुमीपोनकोको मृत्युका कारण थाइल्याण्डमा पुरै एक बर्ष शोकको अवधि रहने छ।      

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved