गुटेर्रेस राष्ट्रसङ्घको नयाँ महासचिवमा नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2016 | 09:41:17 PM मा प्रकाशित

laxmi  sunrise bank

पोचुगली नागरिक एन्टेनियो गुटेर्रेस राष्ट्रसंघको महासचीवमा नियुक्त भएका छन। गुटेर्रेसलाई संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मात्र महासचिवमा नियुक्त गरेको हो। 

वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा पोर्चुगलका पूर्व प्रधानमन्त्री समेत रहेका गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व  सम्हाल्नेछन् ।    

बिहिबार महासभामा सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उनी राष्ट्रसङ्घको महासचिवमा औपचारिक रुपमा छानिएका हुन् ।

गुटेर्रेसले राष्ट्रसङ्घको मानवअधिकार तथा राष्ट्रसङ्घीय प्रणाली सुधार कार्यमा उल्लेखनीय कार्य गरेका छन् । ६७ बर्षिय गुटेर्रेस सन १९९२ देखि २००२ सम्म पोर्चुगलको प्रधानमन्त्री थिए। उनले सन २००५ देखि २०१५ सम्म संयुक्त राष्ट्रसंघ सरणार्थी आयोग प्रमुखको जिम्मेवारी सम्हालेका थिए।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved