ट्युसन सेन्टरमाआक्रमण हुँदा ४८ को मृत्यु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 16, 2018 | 11:17:39 AM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानको राजधानी काबुलमा एउटा शैक्षिक केन्द्रमा भएको बम विस्फोटनमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ। घटनामा अरू ६७ जना घाइते भएका छन्। प्रहरीका अनुसार सो केन्द्रमा पढाइ हुँदै गर्दा छिरेका एक आत्मघाती आक्रमणकारीले आफ्नो पेटीमा भएको बम पड्काएका थिए। मारिएका अधिकांश व्यक्तिहरू सो केन्द्रमा विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी गर्न गएका किशोरहरू भएको भन्ठानिएको छ। तालिबानले सो घटनामा आफ्नो संलग्नता नभएको जनाएको छ।

सो आक्रमण शियाहरूको बाहुल्य भएको क्षेत्रनजिकै भएको हो। अफगानिस्तानमा इस्लामिक स्टेट समूहले शिया समुदायलाई तारो बनाउँदै आएको छ। "पैदल आएका आत्मघाती बम आक्रमणकारीले सो आक्रमण गरेको हामी पुष्टि गर्छौँ," प्रहरी प्रवक्ता हश्मत स्तानिक्जाईले समाचार संस्था एएफपीलाई बताए।

स्थानीय अधिकारीहरूका अनुसार उत्तरी प्रान्त बाग्लानमा बुधवार बिहान भएको आक्रमणमा नौ प्रहरी र ३५ सैनिकहरू मारिएका छन्। सो आक्रमण एउटा सैन्य चौकीमा भएको थियो। अफगानिस्तानमा लडाकुहरूले हिंसा मच्चाएका छन्। रणनीतिक महत्त्वको सहर गज्नीमा तालिबानले गत शुक्रवार आक्रमण गरेपछि त्यहाँ मानवीय सङ्कट उत्पन्न भएको बताइएको छ। गज्नीमा भएको लडाइँमा सरकारी सुरक्षाफौजतर्फ एक सय जनाको मृत्यु भइसकेको छ। केही अपुष्ट विविरणहरूका अनुसार दर्जनौँ गैरसैनिकहरू पनि मारिएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved