भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 16, 2018 | 06:04:14 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स) मा उपचारको क्रममा उनको बिहिबार साँझ ५ः०५ मा निधन भएको हो । वाजपेयीलाई डिमोन्शिया नामक रोग लागेको थियो । सन् २००९ देखि व्हीलचियरको साहारामा रहेका उनलाई मधुमेह पनि रहेको थियो । 

भारतीय जनता पार्टी (भाजपा)का संस्थापक वाजपेयी तीन पटक भारतको प्रधानमन्त्री भएका थिए । उनी देशको सर्वोच्च नागरिको सम्मान भारत रत्नले पनि सम्मानित भएका छन् । वाजपेयी दश पटकसम्म लोकसभामा चुनिएका व्यक्ति हुन् । उनी दोस्रो लोकसभादेखि १४औँ लोकसभासम्म सांसद भएका थिए । 

१६ मे १९६९ मा उनी पहिलोपटक प्रधानमन्त्री बने । १९९८ सम्म लोकसभामा उनी विपक्षी नेता भएर बसे । सन् १९९८ को आम चुनावमा सहयोगी पार्टीहरूसँग मिलेर बहुमत जुटाउँदै फेरि एकपटक प्रधानमन्त्री बने । तर एआइएडिएमकेले गठबन्धबाट समर्थन फिर्ता लिएपछि उनको सरकार र्गियो र पुनः आम निर्वाचन गराउनु र्पयो ।

सन् १९९९ मा भएको निर्वाचनमा राष्ट्रिय जनतान्त्रिक गठबन्धसँगको साझा घोषणापत्र लिएर वाजपेयी पुनः चुनाव लडे । त्यसबेला गठबन्धनले बहुमत हाँसिल र्गयो र पुनः उनी तेस्रोपटक प्रधानमन्त्री बने । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved