राष्ट्रपतिका उम्मेद्वार ट्रम्पमाथि फेरि यौन दुव्र्यवहारको आरोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 15, 2016 | 01:38:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा हुन लागेको राष्ट्रपति चुनावमा रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रंपमाथि फेरी दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन। तर ट्रम्पले भने आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले  आरोप लगाएको भन्दै आरोपको खण्डन गर्दै  छन्।

यी दुवै नयाँ आरोप मध्य एक संन २००७ र अर्को १९९० को घटना हुन्। वासिंटन पोष्टले ४६ वर्षीया क्रिष्टिना एडरसनलाई उद्धृत गर्दै ट्रम्पले १९९० मा न्युयोर्कको एक क्लबमा यौन दुव्र्यवहार गरेको जनाएको छ। एंडरसनका अनुसार म्यानहट्टनको एउटा नाइट क्बलमा  अन्डरवेयरभित्र हात छिराएका थिए। जतिबेला एंडरसन मोडलिङमा संघर्षरत थिइन्। ‘यो कुनै यौन आकर्षण थिएन,’ उनले भनिन्,‘मलाइ थाहा थियो ट्रम्पले किन यसो गरे। उनलाई मैले जे गरेपनि हुन्छ भन्ने घमण्ड थियो।’

ट्रम्पका प्रवक्ता होप हिक्सले ट्रम्पले आफूमाथि लागेका सबै आरोपलाई पुरै अस्विकार गरेको बताएका छन्। उनले आफू चर्चित हुन विभिन्न महिलाहरुले प्रपोगान्डा मच्चाएको बताए।

यसैबीच अर्की महिला समर जेरवोसले पनि ट्रम्पमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी छन्।  ४१ वर्षीया समर जेरवोस २००६ मा द एप्रेंटिसको सिजन पाँचकी प्रतियोगी हुन्।  उनले  २००७ ट्रम्पले आफूलाई जागिरकालागि भेट्न बोलाएको बताइन् ।

ट्रम्पले आफूलाई बेवेरली हिल्स होटलको एक कोठामा बोलाएर चुम्बन गरेको आरोप लगाइन्। ‘ट्रम्पले मलाई नजिकैको सोफामा बस्न लगाएर मलाई समाएर निकै आक्रामक तरिकाले चुम्बन गरे,’ उनले भनिन्,‘ ट्रम्पको हात मेरो शरीरमा थियो।’ आफूले ट्रम्पबाट छुटकारा पाउन किनै कोशिस गरेपनि बेडरुपमा लैजाने प्रयास गरेको बताइन्। आफूलाई रिपब्लिकन बनाउन जेरवोसलाई ट्रम्पले गल्फ कोर्समा धेरै तलव भएको जागिरको प्रस्ताव गरेका थिए।  

यता ट्रंपका क्याम्प्नेरहरुले आरोप लगाउने समर जेररवोसबारे आफुहरुलाई राम्रोसंग जानकारी नभएको बताएका छन्। होटेलमा ट्रंपको साथमा भेट भएको भन्ने समर जेरवोसको आरोपलाई अस्विकार गर्दै ट्रंपका क्याम्पेनरहरुले समर जोरवोससंग ट्रंपको होटेलमा भेट नभएको दाबि गरेका छन।  


तर सबै आरोपको खण्डन  गरेका छन्। शुक्रबार उत्तरी केरोलाइनामा भएको सभालाई सम्बोधन गर्दै ट्रम्पले आफूमाथि लागेका आरोप निराधार भएको बताएका थिए। ‘मलाई थाहा छैन मलाई आरोप लगाउने को हुन,’ उनले भने,‘उनीहरुलाई उक्साइएको छ। उनीहरुसँग आफ्नो आरोप पुष्टि गर्ने कुनै आधार छैन।’

ट्रंपमाथि गरिएका यस प्रकारका आरोपहरुले उनको राष्ट्रपतिको दौडलाई प्रत्यक्ष रुपमा प्रभावित बनाएको छ भने हिलारी क्विन्टलसंगको चुनाबी दौड झनै कम्जोर बनेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved