सडकमा टायर बालेर राष्ट्रपतिको नै बाटो छेकेपछि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 05:55:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कोसोभोका अल्वानियालीहरुले आइतबार पूर्व सर्बियाली प्रान्तमा सर्बियाका राष्ट्रपतिले गर्न लागेको भ्रमणका क्रममा सडक बन्द गर्नुका साथै सडकमा टायर बालेर अबरोध सिर्जना गरेका छन् । परस्पर बिरोधी दुई बाल्कन समुदायबीच यसले तनाब सिर्जना गर्ने सम्भावना बढेको छ । 

दुई दिने भ्रमणमा सर्बिया आएका राष्ट्रपति अलेक्सान्डर भुसिकले सर्बियाली नागरिक बसोबास गर्ने सेन्ट्रल कोसोभोमा आइतबार भ्रमण गर्ने कार्यक्रम थियो । तर राष्ट्रपति हिँड्ने सडकमा अल्बानियलीहरुले काठका मुडा, ट्रक र ठुल्ठूला मेसिनहरु तेस्र्याएका थिए । 

भुसिक र उनको टोलीलाई ड्रेनिका क्षेत्रमा पुगेपछि कोसोभो प्रहरीले रोकेको थियो र सुरक्षाको कारण देखाउँदै अघि बढ्न दिइएको थिएन । कोसोभोका प्रधानमन्त्री रामुश हाराडिनाजले ड्रेनिका क्षेत्रमा सर्बियाली राष्ट्रपतिको प्रस्तावित भ्रमणका बारेमा विदेश मन्त्रालयले दिएको अनुमति रद्द गरेको जानकारी दिए  । 

प्रधानमन्त्री रामुशले फेसबुकमा लेखेका छन् , “नागरिकको सुरक्षा नै हाम्रो पहिलो दायित्व हो ।” 

सर्बियाली सञ्चार माध्यमले गोली चलेको आवाज समेत सुनेको लेखेका छन्, तर त्यसलाई स्वतन्त्र रुपमा पुष्टी गर्न सकिएको छैन । भुसिकमाथि भने कुनै आक्रमण भएको छैन । 

“म कसैको द्वेषबाट विचलित भएको छैन । तर कोही यति निच व्यवहार गर्दछ, र त्यस्तो सोच्दछ भने तिनीहरु गलत छन्,” भुसिकले भने । “अहिले, म शान्ति स्थापित गर्न अझ बढी प्रतिबद्ध छु, तर कोसोभोमा रहेका सर्बियाली संस्था र सर्बियाली नागरिकको सुरक्षाका लागि पनि उत्तिकै ध्यान दिनेछु ।” 

सर्बियाली गृहमन्त्री निबोज्सा स्टेफानोभिकले कोसोभो स्वतन्त्रता सेनाका एक पूर्व सिपाहीमाथि गरिएको व्यवहार उचित नभएको बताउनुभयो । कोसोभोको स्वतन्त्रताका लागि सन् १९९८–९९ मा भिषण युद्ध भएको थियो । नेटोको हस्तक्षेपपछि मात्र उक्त द्वन्द्व समाप्त भएको थियो । यही हस्तक्षेपका कारण कोसोभोबाट सर्बिया पछि हटेको थियो । कोसोभोलाई एकपक्षीय रुपमा सन् २००८ मा स्वतन्त्र राष्ट्र घोषणा गरिएको थियो र सर्बियाले अझै पनि कोसोभोलाई मान्यता दिएको छैन । 

गृहमन्त्रीले कोसोभोको सुरक्षा व्यवस्था कमजोर रहेको बताए । उनले भुसिकको सुरक्षाकर्मीमाथि गोली चलाइएको समेत विवरण प्राप्त भएको बताए  । यो घटनाले सर्बियालीहरुलाई कोसोभामा स्थानीयबासी स्वागत गर्न तयार नरहेको सङ्केत गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved