काश्मिरका पुर्व मुख्यमन्त्रीलाई अमेरिकी सुरक्षाकर्मीले विमानस्थलमा रोकेपछि....

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2016 | 04:13:24 PM मा प्रकाशित

laxmi  sunrise bank

जम्मु तथा काश्मिरका पुर्व मुख्यमन्त्री उमर अब्दुल्लाहलाई सुरक्षा जाँचको लागि भन्दै न्युयोर्क अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सुरक्षाकर्मीले रोकेका छन। उनलाई झन्डै २ घण्टा लामो समयसम्म रोकेर अनुसन्धान गरिएको बताइएको छ।

न्युयोर्क विश्वविद्यालयको एउटा कार्यक्रममा सहभागिता जनाउन पुगेका ४६ वर्षीय ४६ वर्षीय पुर्व मुख्यमन्त्री अब्दुल्लाहलाई ‘अचानक सेकेन्डरी अब्रजन जाँच’ भन्दै २ घण्टा विमानस्थल मै रोकिएको छ।

यस घटनाबारे औपचारिक प्रतिक्रिया नदिएका पुर्व मुख्यमन्त्री अब्दुल्लाहले ट्वीट मार्फत आफू तीन पल्ट अमेरिका आउँदा तीन पल्टै ‘अचानक सेकेन्डरी अब्रजन जाँच’ भन्दै रोकेको घटनाले दिक्क लाग्न थालेको बताएका छन्।

पुर्व मुख्यमन्त्री अब्दुल्लाहले ट्वीटमा लेखेका छन् ‘तीनपल्टको यात्रामा तीन पल्टै....अचानक हुने गरेको यस्तो जाँचले अब मलाई थकाउन थालेको छ।’ 

 

Another "random" secondary immigration check upon landing in the US. Thrice in three visits, the randomness is growing tiresome now. — Omar Abdullah (@abdullah_omar) October 16, 2016

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved