अमेरिकी डलर अहिलेसम्मकै महँगो, नेपालमा पेट्रोलियमको मुल्य बढ्ने खतरा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 09:05:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । मंगलबार १ अमेरिकी डलरको बिक्रिदर १ सय १६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

मंगलबारका लागि अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा तोकिएको छ। हिजो १ डलरको खरिद दर १ सय १४ रुपैयाँ ४८ पैसा र विक्रिदर १ सय १५ रुपैयाँ ८ पैसा थियो । 

गएको शनिबार भने ८ पैसाले घटेपनि पछिल्लो समय डलर निरन्तर रुपमा बढिरहेको छ। डलरको भाऊ बढ्दा रेमिट्यान्स, पर्यटन र बस्तु निकासी लगायतका क्षेत्रमा फाइदा हुने भएपनि नेपाल जस्तो आयातमुखी मुलुकलाई डलर महंगिदा नोक्सानी हुने अर्थशास्त्रीहरु बताउँछन्।

डलर महंगो हुँदा आयात हुने बस्तु तथा सेवाको मुल्य वृद्धि भई नेपालमा महंगी बढ्ने खतरा देखिएको छ भने पेट्रोलियम पदार्थको मुल्य समेत बढ्ने अनुमान गरिएको छ। 

नेपालले भारतसंग भारुमा पेट्रोलियम पदार्थ खरिद गर्ने भएपनि भारु खरिद गर्न नेपालले डलर नै तिर्नु पर्ने हुन्छ। अर्को तर्फ भारतले पनि तेस्रो मुलुकबाट नै पेट्रोलियम खरिद गर्ने भएकाले त्यहाँ महँगो हुँदा त्यसको प्रभाब स्वत: नेपालमा देखिने गर्छ। डलर महँगो हुँदा नेपाल दोहोरो मारमा परेको अर्थबीदहरुको भनाई छ। निकट भविष्यमा नै पेट्रोलियम पदार्थको मुल्य बढ्ने उनीहरुको भनाई छ।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved