डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२४ पुग्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2018 | 11:38:04 AM मा प्रकाशित

laxmi  sunrise bank

तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको तान्जानियाको प्रहरीले जनाएको छ । 
यातायातमन्त्री आइज्याक कामवेलेले डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको आइतबार जानकारी गराउँदै अब कोही जीवित पाइने आशा झिनो रहेको बताए । 

उद्धार कार्य लगभग अन्तिम चरणमा पुगेपछि आफन्तहरूलाई मृत शरीर हस्तान्तरण गरिएको छ । तान्जानिया सरकारले आइतबार एक दिन शोकको घोषणा गरेको छ । आइतबार पहिचान भएका १० मृतकलाई सामुद्रिक किनारामा सामूहिक रूपमा अन्तिम संस्कारपछि तान्जानियामा शोकको घोषणा भएको हो । 

डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या लिएर यात्रा गरेको र यही नै दुर्घटनाको कारण रहेको बताइएको छ । प्रशासनले डुङ्गा कम्पनीसँग आवद्ध केही जनालाई पक्राउ गर्न निर्देशन दिइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved