किन दिइयो साउदी राजकुमारलाई मृत्युदण्ड ? यसो भन्छ गृह मन्त्रालय 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 19, 2016 | 02:48:45 PM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरबका राजकुमारलाई मृत्युदण्ड दिइएको छ। साउदीको राजधानी रियादमा एक व्यक्तिको हत्या मामिलाका कारण उनलाई मृत्युदण्डको सजाय दिइएको साउदीको गृह मन्त्रालयले जनाएको छ। 

राजकुमार तुर्की बिन सउद अल कबिरलाई राजधानी रियादमा मृत्युदण्डको सजाय दिइएको जनाइएको छ। यद्दपी उनलाई मृत्युदण्डको सजाय कसरि दिईएको भन्ने बारे केहि खुलाइएको छैन। साउदीमा अधिकांश मानिसहरुलाई शिर छेदन गरेर मृत्युदण्ड दिइने गरिन्छ। 

समाचार एजेन्सीहरुका अनुसार राजकुमार तुर्की बिन सउद अल कबिर यस बर्ष मृत्युदण्डको सजाय पाउनेमा १३४ औ व्यक्ति हुन्। एजेन्सीका अनुसार राजपरिवारको सदस्यहरुलाई मृत्युदण्डको सजाय कमै रुपमा दिइने गरिन्छ। 

गृह मन्त्रालयले साउदी राजकुमार तुर्की बिन सउद अल कबिरले साथिको हत्या आरोप स्वीकार गरेको जनाएको छ। साउदी राजकुमारलाई  मृत्युदण्ड दिइएको घोषणाले हरेक नागरिकहरुलाई न्याय र सुरक्षा दिनका लागि साउदी सरकार प्रतिबद्द छ भन्ने सन्देश जाने साउदी गृह मन्त्रालयले जनाएको छ।  

अल अरबियाका अनुसार पिडित परिवारले 'ब्लड मनी' लिन अस्विकार गरेका थिए। साउदीको कानुनी व्यवस्था अनुसार यस्तो अवस्थामा पिडित परिवारले आर्थिक मुआब्जा अर्थात 'ब्लड मनी' लिएको हुन्थ्यो भने दोषीले छुटकारा पाउने गर्दछ।     

साउदी अरबमा सन १९७५ मा शाह फैशलको हत्यारा शाही परिवारका सदस्य फैसल बिन मुसैद अल सउदलाइ पनि मृत्युदण्ड दिइएको थियो। साउदीमा मृत्युदण्ड पाउनेमा अधिकांश हत्या र ड्रग्स तस्करी मामिलाको दोषी हुने गर्दछन।
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved