ठुलो दुर्घटनाबाट जोगियो १७१ सवार युएस बाङ्लाको विमान (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2018 | 06:23:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशी विमान कम्पनी युएस बांग्लाको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ ।  राजधानी ढाकाबाट १७१ जना बोकेर कोक्स बजार विमानस्थलको उडेको बीएस १४१ कल साइन रहेको बोइङ ७३७ विमानले चिटागंग विमानस्थलमा आपतकालीन अवतरण गरेको हो  ।  

विमानले स्थानीय समय अनुसार बिहान ११:३० मा आपतकालीन अवतरण गरेको बंगलादेशी संचार माध्यमहरुले जनाएका छन्  ।  ल्यान्डिङ गेयर फेल भएपछि पहिले चालकले आकाश मै केहि समय बिमानलाई घुमाएका थिए  ।  पछि चिटागंग विमानस्थलले आपतकालीन अवतरणको प्रबन्ध मिलाएपछि विमानले आपतकालीन अवतरण गरेको विमानस्थलका म्यानेजर सर्वर ए जहानले बताएका छन्   ।  

आपतकालीन अवतरण गर्दा विमानको अगाडीको भाग रनवेमा धसिएको छ  । ल्यान्डिङ गेयर फेल भई अगाडिको पांग्रा नखुल्दा जहाज धसिएको बताईएको छ  ।  तर विमानमा सवार सबै सकुशल रहेको विमानस्थलले जनाएको छ ।  

विमानमा १६४ यात्रु र चालक दलका ७ सदस्य गरी कुल १७१ जना सवार थिए  ।   

६ महिना अगाडी काठमाडौँ विमानस्थलमा युएस बांग्ला कै जहाज दुर्घटना हुँदा ५२ जनाको मृत्यु भएको थियो  ।   

हेर्नुस भिडियो  ।  







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved