एक घण्टा नबित्दै फेरी अर्को शक्तिशाली भूकम्प, ठुलो क्षतिको अनुमान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 07:52:57 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डोनेशियाको फेरि शक्तिशाली भूकम्प गएको छ। करिब ७.५ म्याग्निच्युड अनुमान गरिएको भूकम्पमा ठुलो क्षति र कयौंको ज्यान गएको अनुमान गरिएको बिदेशी संचार माध्यमले जनाएका छन। 

इन्डोनेसियाको केन्द्रबिन्दू मानिने सुल्वासीमा भूकम्प गएको करिब एक घण्टा लगत्तै फेरी शक्तिशाली भूकम्प गएको मिररले समाचार लेखेको छ। एक घण्टा अगाडी गएको भूकम्पमा परि एक जनाको मृत्यु र दर्जन हाराहारीमा घाइते भएको मिररले लेखेको छ।  

अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार इन्डोनेसियाको ड़ोंगला सहर भन्दा ३५ किलोमिटर उत्तरतिर आज ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। यस भूकम्पमा भएको भौतिक तथा मानबिय क्षतिको विवरण आउने भने बाँकी नै रहेको जनाइएको छ।     




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved