सुनामीमा मृत्यु हुनेको संख्या १३५० पुग्यो, अझै बढ्न सक्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2018 | 08:29:49 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार इण्डोनेशियामा भूकम्प र त्यसपछि गएको सुनामीका कारण ज्यान गुमाउनेहरूको संख्या करिब १३ सय ५० पुगेको त्यहाँको विपद् सम्बन्धी निकायले जनाएको छ। ७.५ म्याग्निट्युडको भूकम्पले सुलावेशीको मध्य टापुमा धक्का दिएको थियो र त्यसले निम्त्याएको सुनामीले तटीय पालु नगरलाई नराम्ररी असर गरेको थियो।

यसअघि ८ सय ४४ रहेको मृत्यु हुनेहरूको संख्या मंगलबार एकैपटक बढेर १३ सय भन्दा माथि पुगेको हो। मानिसहरू खानेकुरा, इन्धन र पानी पाउन आतुर देखिँदा प्रहरीहरूले लुटेराहरूविरुद्ध पसलहरूमा पहरा दिइरहेका छन्। 

राष्ट्रिय प्रहरीका उप प्रमुख अरी डोनो सुकमान्टोका अनुसार केही मानिसहरू कम्प्युटर र रकम चोरेको अभियोगमा पक्राउ परेका छन्।अधिकारीहरूले सुरुमा सुनामीबाट बाँच्न सफलहरूले खानेकुरा जफत गर्दा पनि उनीहरूप्रति उदार दृष्टिकोण राखेका थिए। सुनामीको दुई दिनपछि खानेकुरा आपूर्तिका लागि आइपुगेको र केवल त्यसको वितरण गर्न आवश्यक रहेको भन्दै सुकमान्टोले अब कानुनलाई सुदृण बनाउन खोजिरहेको बताए। मानवीय सहायताका लागि राहतका सामाग्री पुर्‍याउन आएका गाडीहरू लाइन लागेर सहर प्रवेश गरिरहँदा प्रहरी र सेनाले त्यसलाई सुरक्षा प्रदान गरिरहेका थिए।

अझै पनि भवनका भग्नावशेषहरूमा केही जीवितहरू फसिरहेको हुनसक्ने आशंका गरिएको छ। बीबीसीका जनाथन हेडका अनुसार पालुमा आफूहरूले भेटेका सबै मानिस आफ्ना परिवारका लागि खानेकुरा पाउने प्रयास गरिरहेको भेटिए। पालु नगरमा आवश्यक सबै आधारभूत सेवाहरू अवरुद्ध भएको र त्यहाँ खानेकुरा र पिउने पानी एकदमै न्यून भएको उनले बताए। 

त्यहाँ एउटा पसलमा हतियारसहितका प्रहरीको समूहले पहरा दिएको र स्थानीय मानिसहरूले प्रहरीलाई ठेलेर पसलमा प्रवेश गर्न खोजेको आफूले देखेको हेडले बताए। त्यसपछि अकस्मात प्रहरीले चिच्याएर सबैलाई पछि हट्न भन्दै आकाशतिर फर्काएर बन्दुक चलाएको थियो र अश्रुग्यास प्रयोग गरेको थियो। केही मानिसहरूले प्रहरीलाई ढुंगा सम्म हानेको र त्यसपछि केहीबेरका लागि अवस्था थप चर्किनसक्ने देखिएको बीबीसी संवाददाता हेडले बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved