डीभीको आवेदन आजबाट खुल्दै, अनलाइन मार्फत निशुल्क यसरी भर्नूहोस्

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 03, 2018 | 11:39:15 AM मा प्रकाशित

laxmi  sunrise bank

ईडीभी कार्यक्रम २०२० का लागि आजबाट आवेदन खुल्दैछ । नेपाली समयअनुसार राति १०ः४५ बजेबाट अनलाइन आवेदन दिन सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । 

आवेदकहरूले कात्तिक २० गतेसम्म www.dvlottery.state.gov मा गएर अनलाइन मार्फत आवेदन दिन सक्ने दुतावासले जनकारी दिएको । फराम भर्दा दुवै कान देखिने खिचिएको पासपोर्ट साइजको फोटो समेत आवश्यक पर्नेछ । आवेदन दिँदा कुनै शुल्क लाग्दैन ।

अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह नलिन पनि भनेको छ । जसको सहयोग लिएपनि आफ्नो आवेदनका लागि आफैँ जिम्मेवार रहने भएकाले अन्यको सल्लाह नलिन दुतावासले भनेको छ । 

सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई.डि.भी.) आवेदन फारम भर्नु पर्नेछ । आवेदन भर्दा आफ्ना पति÷पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचिकृत गर्नु पर्नेछ । 

सन् २०२० को डाइभर्सिटी भिसा कार्यक्रमका हकमा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ । जसअनुसार मुख्य आवेदकले अयोग्य पति/पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अबदेखि अयोग्य ठहरिनेछ । 

एक जनाका लागि एउटा आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् । अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । फोटो खिच्दा आवेदकहरूले चश्मा वा टोपी लगाउन नपाईने जनाइएको छ । 

डि.भी. पर नपरेको जानकारी मे ७, २०१९ (२०७६ वैशाख २४) पछि मात्रै थाहा हुनेछ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । तर छनोट भएका व्यक्तिहरूलाई पनि उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना नपठाईने जनाईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved