कतारले नेपालको ब्यापार घाटा कम गर्न नयाँ कदम चाल्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 09:51:33 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारले नेपालसँग कृषि र लगानी संरक्षण सम्बन्धी सम्झौता गर्ने भएको छ। नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित ‘ब्यापार, पर्यटन, लगानी तथा श्रमको दृष्टिकोणबाट नेपाल–कतार आर्थिक सम्बन्धका सम्भावना र अवसर’ सम्बन्धी कार्यक्रममा बोल्दै नेपालका लागि कतारका राजदूत युसुफ विन अल हेलले उक्त कुरा बताएका हुन। 

कार्यक्रममा कतारका राजदुत बिन अल हेलले आगामी दिनमा नेपालका कतारसँगको ब्यापार घाटा कम गर्न नयाँ कदम चाल्ने समेत जानकारी दिए । ‘अहिले कतारको श्रम बजारमा ४ लाखभन्दा बढी नेपालीहरु कार्यरत छन् जसबाट हरेक बर्ष करिब २ खर्ब नेपाली रुपैयाँ नेपाल भित्रिरहेको छ,’ उनले भने, ‘जसले गर्दा नेपालको अर्थतन्त्रमा टेवा पुर्याएको छ ।’ नेपाल र कतारबीच ’कतार ऐयर वेज’ दैनिक हुने ५ वटा उडानले दुई देशको कनेक्टिभीटीको अवस्थालाई मजबुद बनाएको उनले बताए।  । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले दुवै देशहरु प्राकृतिक श्रोतमा धनी भएको हुँदा ब्यापार, पर्यटन, कृषि तथा मानबीय श्रोतको परिचालनमा लगानी गर्न आग्रह गरे। साथै दुई देशबीच आपसी सहकार्यमा प्रचुर सम्भावना र अवसर रहेकोले त्यसको सदुपयोग गर्नुपर्ने समेत उनको भनाई थियो । 

नेपाल–कतार ब्यापारलाई सन्तुलनमा ल्याउने कुरा मुख्य प्राथमिकताको बिषय भएको र सोही अनुसार कृषि, पर्यटन र उद्योगमा कतारबाट नेपालमा भैरहेको लगानीमा वृद्धि गर्नुपर्ने उनको माग थियो। 

नेपालमा स्थिर सरकार बनेको र वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउन गम्भीर देखिएकोले कतारका लगानीकर्ताहरुले नेपालमा लगानी बढाउने सही समय भएको समेत उनले जानकारी दिए । 

कार्यक्रममा पर्यटन, लगानी र श्रमको बिषयमा क्रमश नेपाल होटल संघका महासचिव विनायक शाह, चेम्बरकै अर्का उपाध्यक्ष नरेश श्रेष्ठ र बैदेशिक रोजगार बिभागका शाखा अधिकृत रन्जन प्रसाद तिमिल्सैना ले छुट्टा–छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु सहित चेम्बरसंग आबद्ध करिव ८० जना भन्दा धेरैको उपस्थिती थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved