प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि कतारका राजदुत यूसुफ बिन मोहम्मद एल हिलबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा राजदुत यूसुफ बिन मोहम्मद एल हिलले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिएका छन् ।
भेटका अवसरमा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जन सम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।