इन्टरपोलका अध्यक्ष नै बेपत्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2018 | 07:06:51 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरपोलका अध्यक्ष मेङ होङवेइ चीन भ्रमणका क्रममा वेपत्ता भएका छन् ।  उनकी श्रीमतीले आफ्ना ६४ बर्षिय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको छ । 

उनले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना श्रीमान्का बारेमा थप केही थाहा नपाएको जानकारी दिईन ।  फ्रान्सको लियोनबाट चीन प्रस्थान गरेका मेङ चीन पुगेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । दुवै पक्षका अधिकारीहरूले उनको खोजी र थप अनुसन्धान भइरहेको पनि बताएको समाचारमा जनाइएको छ । 

इन्टरपोलले पनि आफ्ना अध्यक्ष वेपत्ता भएको बारेमा विज्ञप्ती प्रकाशित गरी सरोकारवालाहरूलाई जानकारी गराएको छ । “फ्रान्स र चीनका सरोकारवाला अधिकारीहरूको हामी ध्यानाकर्षण गराउन चाहन्छौ,” विज्ञप्तिमा भनिएको छ । अन्तर्राष्ट्रिय प्रहरी निकायको रुपमा रहेको इन्टरपोलले आफ्नो संयन्त्रलाई पनि उहाँको खोजीका लागि परिचलन गर्ने भएको छ । 

मेङ गत सन् २०१६ को नोभेम्बरमा इनटरपोलको अध्यक्ष निर्वाचित भएका थिए । उनको कार्यकाल आउँदो सन् २०२० सम्म रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved