इन्टरपोल प्रमुख हिरासतमा, चीनसँग स्पष्टीकरण मागियो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 07, 2018 | 09:25:53 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय प्रहरी (इन्टरपोल) ले आफ्ना प्रमुख मेङ होङवईलाई हिरासतमा लिएकोबारे चीनसंग स्पष्टिकरण मागेको छ। चीन पुगेलगत्तै बेपत्ता भएको भनिएका इन्टरपोल प्रमुखलाई चीनमा हिरासतमा लिएर अनुसन्धान भइरहेको संचार माध्यमहरुमा आएको छ।

इन्टरपोलका महासचिव जर्जेन स्टकले इन्टरपोलले चिनियाँ सरकारसँग प्रमुख मेङ होङवईका अवस्थाबारे जानकारी दिन आग्रह गरेको बताएका छन। इन्टरपोलका प्रमुखलाई लिएर उत्पन्न चिन्ता निराकरण गर्नु चीनको दायित्व भएको उनको भनाइ छ।

हङकङबाट प्रकाशित ‘साउथ चाइना मर्निङ पोस्ट’ले सूत्रलाई उल्लेख गर्दै गत साता चीन पुगेका मेङलाई चिनियाँ अनुशासन अधिकारीले सोधपुछका लागि नियन्त्रणमा लिएको समाचार लेखेको छ। यद्यपि उनीमाथि के कस्तो छानबिन भइरहेको र कहाँ राखिएको छ भन्ने कुनै जानकारी दिइएको छैन। 

मेङ चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका उपमन्त्री पनि हुन्। उनीविरुद्ध चीनमा अनुसन्धान भइरहेको छ। मेङकी पत्नीले आफ्ना श्रीमान् बेपत्ता भएको फ्रान्सेली प्रहरीलाई जानकारी दिएकी थिइन्। फ्रान्सेली प्रहरीले शुक्रवार उनको खोजी शुरु गरेको थियो। उनी २९ सेप्टेम्बरमा फ्रान्सबाट चीन प्रस्थान गरेका थिए। मेङबारे चीनका सुरक्षा मन्त्रालय र विदेश मन्त्रालयले कुनै टिप्पणी गरेका छैनन्। चीनमा अभियुक्त र उनका परिवारलाई हिरासतमा राखेको २४ घण्टाभित्र सूचना दिनुपर्छ।

सन् २०१६ मा मेङ इन्टरपोलका प्रमुख नियुक्त भएका थिए। उनको कार्यकाल सन् २०२० सम्म रहनेछ। चीनमा प्रायः यस्ता घटनामा भ्रष्टाचार आरोपमा अनुसन्धान गर्ने गरेको छ। इन्टरपोल विभिन्न देशका १९२ देशका प्रहरीबीच समन्वय गर्दै आएको छ। यसले बेपत्ता भएका वा एक देशमा अपराध गरी अर्को देशमा लुकेका अपराधीलाई खोजी गरी आवश्यक कारबाही गर्ने गरेको छ। इन्टरपोलको मुख्यालय फ्रान्सको लियोँमा छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved