राज्यकोषबाट 'खानाको बिल' तिरेको आरोपमा प्रधानमन्त्री पत्नी कारबाहीमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 07, 2018 | 11:22:45 AM मा प्रकाशित

laxmi  sunrise bank

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्हुकी पत्नी सारा नेतान्हुलाई अनियमिताको आरोप लागेको छ। व्यक्तिगत भोजनको बिल समेत प्रधानमन्त्री कार्यालयबाट भुक्तान गरिएको भन्दै प्रधानमन्त्री पत्नी सारा बिरुद्द अनुसन्धान थालिएको बिदेशी संचार माध्यमले जनाएका छन।

प्रधानमन्त्री पत्नीले करिब १ लाख अमेरिकी डलर अर्थात १ करोड १८ लाख रुपैयाँ बराबरको व्यक्तिगत खानपानको बिल राज्य कोषबाट तिरेको उनको आलोचकहरुको भनाई छ। सन २०१० देखि २०१३ सम्म यस्ता खर्चका सुची धेरै हुन सक्ने उनीहरुको आरोप छ।

यस अघि पनि प्रधानमन्त्री पत्नी सारामाथि कर्मचारीहरुलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो। त्यो बेला सारालाइ अदालतले करिब ५५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न लगाएको थियो।

उच्च पदमा रहेका व्यक्तिहरुबाट हुने यसप्रकारको अनियमितता बिरुद्दको मुद्दा अदालतमा दायर भएको यो पहिलोपटक भएको त्यहाँका संचारमाध्यमहरुको भनाई छ। यद्दपी प्रधानमन्त्री नेतान्हुले भने यस आरोपलाई आफु बिरुद्दको खेलको संज्ञा दिएका छन।

इजरायलको इतिहासमा धेरै पटक प्रधानमन्त्री बन्ने र लामोसमयसम्म सत्तामा रहने व्यक्ति बन्ने तयारिमा रहेका नेतान्हुलाई यो मुद्दाले संकटमा पार्न सक्ने विश्लेषण गरिएको छ। इजरायलका संस्थापक पिता डेबिड बेन गुरियनल सबै भन्दा लामो समय सत्तामा बसेका थिए। उनले १३ बर्ष सत्ता चलाए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved