'चीन र अमेरिकाको आर्थिक वृद्धिमा कमी आउने'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2018 | 07:21:06 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ । 

संयुक्तराज्य अमेरिका र चीनबीचको बढ्दो व्यापार तनावले व्यापार क्षेत्रको वृद्धिमा कमी आउने भएकाले पनि कोषले सन् २०१८ र २०१९ को विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत कायम गरेको छ, कोषले सोमबार सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा विकासशील अर्थतन्त्र रहेका मुलुकहरुको आर्थिक परिदृश्यमा खासै वृद्धि नहुने अनुमान गरिएको छ । सन् २०१९ मा चीन र संयुक्तराज्य अमेरिकाको पनि आर्थिक वृद्धिमा कमी आउने कोषको अनुमान छ । 

संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार युद्धले चीन सहित अरु एसियाली मुलुकहरु र अर्जेन्टिना, टर्की तथा ब्राजिल समेतका मुलुकमा जोखिम निम्त्याउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved