नेपाललाई फोहोर व्यवस्थापनमा समस्या, स्विडेनमा फोहोर नभएर तनाब !

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 17, 2018 | 01:24:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा काठमाडौं उपत्यका लगायतका देशका ठुला शहरहरुमा फोहोर व्यवस्थापनमा ठूलो समस्या आएको छ। त्यसमा पनि प्रभावित क्षेत्रका बासिन्दाले बेलाबखत बिभिन्न माग अघि सार्दा हप्तादिनसम्म सडकमै फोहोरको डङ्गुरको थुप्रो काठमाडौं उपत्यकाका लागि सामान्य भईसकेको छ।

निजी क्षेत्र आइहाल्ने भन्दै सरकार हात बाँधेर बस्दा बेला बेलामा तनाब हुने गरेका छन। विवादकै कारण हप्तौंसम्म फोहोर थुप्रने गरेको छ। बिशेष गरि नेपालका शहरी क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या टाउको दुखाई बनेको छ। तर युरोपको एउटा देश भने फोहोर नपाएर विदेशमा फोहोर आयात गर्न बाध्य भएको छ।    

प्रकृतिको सौन्दर्यता र स्वच्छ वातावरणलाई प्राथमिकतामा राखेको युरोपको स्विडेन आफनै देशमा फोहोर नपाएपछि अहिले उसले विदेशबाट फोहोर आयात गर्ने गरेको छ। 

डिजेल र पेट्रोल जस्ता परम्परागत इन्धनको प्रयोगमा भारि कर लगाएको स्विडेनमा बाहिर फाल्ने फोहोर नै अत्यन्त न्यून हुने गरेको पाइएको छ। जस कारण फोहोरबाट बिजुली बनाउने स्विडेनलाई फोहोर विदेशबाटै फोहोर आयात गर्नुपरेको हो।

त्यहाँको व्यवस्थापनका कारण स्विडेनका घरहरुमा एक प्रतिशत मात्र फोहोर निस्कन्छ। रिसाइक्लिंग प्रणालीले परिष्कृत तवरले काम गर्ने भएकाले घरबाट निस्कने एक प्रतिशत मात्र फोहोर डम्पिङ साइटमा पुग्छन। आफ्ना नागरिकले कम फोहोर गर्ने भएकाले स्विडेनले अहिले बेलायत लगायतका देशहरुबाट फोहोर आयात गरेर फोहोरबाट बिजुली बनाउने कामलाई निरन्तरता दिईरहेको छ। 


   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved