यौन उत्पीडनको आरोप लागेपछि भारतीय विदेश राज्यमन्त्री अकबरले दिए राजीनामा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 17, 2018 | 07:28:28 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा दिएका छन। यौन उत्पीडनको आरोप लागेपछि अदालतबाट न्याय लिने भन्दै अकबरले राजिनामा दिएका हुन। 

राज्यमन्त्री अकबरले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘मैले अदालतबाट न्याय लिन निर्णय लिएको छु, यसैले आफ्नो पद छोड्दैछु'।  अकबरमाथि १५ भन्दा बढी महिलाले #MeToo अभियानमार्फत यौन उत्पीडनको आरोप लगाएका छन।  

थुप्रै महिलाले उनीमाथि यौन उत्पीडनको आरोप लगाएका छन। पत्रकारिता करियरका क्रममा प्रभावशाली सम्पादकमध्ये एक रहेको उनीमाथि सबैभन्दा पहिला वरिष्ठ पत्रकार प्रिया रमानीले ‘मीटू’ लगाएकी थिइन् । कार्यालयमा भएको यौन उत्पीडनबारे आफ्नो पुरानो लेख रिटि्वट गर्दै उनले त्यो लेख एमजे अकबरबारे भएको उनले सार्वजनिक गरेकी हुन। सोहि बिषयलाई लिएर प्रमुख विपक्षी कांग्रेसले राज्यमन्त्री अकबरको राजीनामा मागेको थियो। 

यद्दपी आफूमाथि लागेको आरोप झुटा र बनावटी भएको अकबरको दाबि छ। अकबरले आफूविरुद्ध झुटा अभियोग लगाउनेहरुविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved