१४ खर्ब खर्चेर कतारले विश्वकप अघिनै तयार पार्न थालेको पुल! समुन्द्र भित्रैबाट गाडी गुड्ने (भिडियो)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2018 | 02:03:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सन २०२२ को विश्वकप आयोजनाको तयारिमा जुटेको कतारले बिश्वकै ठुलो मध्येको परियोजना निर्माण कार्य अघि सारेको छ। नेपालको बजेट भन्दा धेरै रकमको सो परियोजनामा तीन पुल सामेल हुने जनाइएको छ। 

१४ खर्ब १९ अर्ब रुपैयाँ बराबरको लागतमा निर्माण हुने भनिएको सो पुलहरु कतारको समुन्द्रमार्ग हुँदै दोहामा हालै बनेको नयाँ हमद अन्तराष्ट्रिय विमानस्थलमा जोडिनेछ। 

स्पेनको सैंटियागो कैलट्रावाले डिजाइन गरेको सो पुलमा ६०० मिटर क्रसिङ र १३०० मिटरबीच फैलिएको तीन वटा पुल रहनेछन। उक्त पुलले हमद अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरमा अवस्थित सांस्कृतिक तथा पश्चिम खाडी राष्ट्रको केन्द्रिय ब्यापार क्षेत्र मानिने कटाराको शहरको    जिल्लालाई जोड्नेछ। गल्फ राष्ट्रहरुमै महत्त्वाकांक्षी परियोजना मानिएको यो पुलमा एक घण्टामा ६ हजार सवारी चल्ने क्षमता हुनेछ।     

यद्दपी यो परियोजना तत्काललाई स्थगित भएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन। यति ठुलो परियोजना स्थगित भएको कारण बारे अहिलेसम्म कुनै ठोस प्रतिक्रिया कतार सरकारले नदिएको संचार माध्यमले जनाएका छन। विश्वकप २०२२ लाई लक्षित गरि अघि सारिएको यो परियोजना सन २०१५ मा नै सुरु हुने भनीएपनि अहिलेसम्म निर्माण कार्य सुरु हुन सकेको छैन । यद्दपी कतारले २०२२ को विश्वकप पछि पनि यो परियोजनालाई निरन्तरता दिने अनुमान गरिएको छ । 

कतारले विश्वकप २०२२ को तयारिको लागि सडक, रंगशाला, विमानस्थल, बन्दरगाह, भवन लगायतका पूर्वाधार निर्माणका लागि १४ बिलियन अमेरकि डलर बजेट छुट्याएको थियो। नेपालको एक आर्थिक बर्षको बजेट १३ खर्ब १५ अर्ब भन्दा कयौं गुणा धेरैको यो बजेट २०२२ का लागि चाहिने पूर्वाधार विकासको लागि मात्र छुट्याइएको हो।  -एजेन्सीको सहयोगमा 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved