बार्षिक २१ अर्ब बचाउन चीनको आकाशमा अब उसको 'निजि चन्द्रमा’

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 21, 2018 | 11:27:16 AM मा प्रकाशित

laxmi  sunrise bank

चाँदनी रातको कुरा प्रायजसो गित संगीतमा नै सुन्दै आएका छौँ। कवी, लेखक र गायकार सबैले चाँदनी रातलाई लिएर गित संगीत रचना गर्ने गरेकोमा अब भने चीनको आकाशमा हरेक रात चाँदनी रात देखाउने दाबि गरिएको छ। 

बिजुलीको खर्च कटाउनलाई चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरि फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा गरेको चीनको सरकारी पत्रिका पिपुल्स डेलीले जनाएको छ।

उक्त कृत्रिम चन्द्रमा चीनको आकाशबाट हरेक रात देख्न सकिने दाबि गरिएको छ। चाँदनी रातमा भन्दा ७ गुणा बढी चहकिलो हुने दाबि गरिएको कृत्रिम चन्द्रमा ले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ उज्यालो पठाउन सक्नेछ। चन्द्रमाको प्रकाश १० देखि ८० किलोमिटर परसम्म फ्याक्न पनि सक्नेछ । थुप्रै वैज्ञानिकले चीनको यो प्रयासलाई महत्वकांक्षी परियोजनाको संज्ञा दिएका छन।

के छ यसको योजना ? 

अहिलेसम्म यस योजनाका बारेमा चीनी सरकारले कुनै औपचारिक कुरा बाहिर ल्याएको छैन।पिपुल्स डेलीले पहिलोपटक यो समाचार छेन्दु एरोस्पेश साइन्स एण्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्चिच्युटका अध्यक्ष वु चुनफेङ्को प्रतिक्रियाहरूलाई समेटेर प्रकाशित गरेको हो। 

वुका अनुसार केही वर्षदेखि यस सम्बन्धमा धेरै प्रयोगहरू हुँदै आइरहेका छन। सन २०२० सम्ममा व्यवहारिक रूपमा नै सम्भव देखिएको छ । सन् २०२२ भित्रमा तीनवटा ठूला स्याटेलाइट प्रक्षेपण गर्न सकिने बताइएको छ। 

कृत्रिम चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ । अहिलेसम्म प्रकाशित समाचारमा भने यसमा सरकारी सहायता छ की छैन भन्ने खुलाइएको छैन । 

कसरी काम गर्छ नक्कली चन्द्रमा ?

चांद

नक्कली चन्द्रमाले एक ऐना जसरी काम गर्छ। जहाँ सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ। यो चन्द्रमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र रहेकै उचाई अर्थात् पृथ्वीभन्दा झण्डै ५०० किलोमिटर पर रहेर परिक्रमा गर्नेछ। वास्तविक चन्द्रमा पृथ्वीभन्दा औसत ३ लाख ८० हजार किलोमिटर टाढा रहेर परिक्रमा गर्छ।

यसको प्रकाशले १० देखि ८० किलोमिटरसम्म समेट्छ जुन वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चमकदार हुनेछ । इन्स्चिच्युटका अध्यक्ष वुका अनुसार यो चन्द्रमाको चमक र शुद्धतालाई नियन्त्रण गर्न सकिन्छ।

पैसा बचाउने प्रमुख लक्ष्य 

चेंगडु एयरोस्पेसका अधिकारिहरुको भनाईलाई आधार मान्ने हो भने यो नक्कली चन्द्रमाको प्रमुख लक्ष्य पैसा बचाउने रहेको छ। सुन्दा अचम्म लागे पनि सडकको लाइटमा गरिएको लगानीको आधा पैसा नक्कली चन्द्रमाले बचाउने ति अधिकारिहरुको दाबि छ।    

चाइना डेलीले वु लाई उद्दृत गर्दै नक्कली चन्द्रमाबाट ५० बर्ग किलोमिटरको क्षेत्रमा उज्यालो हुँदा प्रत्येक बर्ष बिजुलीमा लाग्ने १।२ अर्ब युआन अर्थात २० अर्ब ३१ करोड नेपाली रुपैयाँ बचाउन सकिन्छ। यसको साथसाथै बाढी पहिरो, भूकम्प जस्ता प्राकृतिक बिपत्तिमा हुने ब्ल्याक आउट जस्तो समस्याबाट मुक्ति पाउन समेत नक्कली चन्द्रमाले ठुलो भूमिका खेल्ने उल्लेख गरिएको छ।  

यसले प्रकृतिमा कस्तो असर पार्छ ?

चांद

हार्बिन इन्सिटिच्युट अफ टेक्नोलोजीका निर्देशक केग विमिनलाई उद्दृत गर्दै पिपल्स डेलीले नक्कली चन्द्रमाले प्रकृतिमा असर नगर्ने लेखेको छ। तर, चीनको सामाजिक सञ्जालमा यस चन्द्रमाको बारेमा चर्चा र चिन्ता बढ्दै गइरहेको छ ।

चन्द्रमाको कारणले राति बिउझन जीवजन्तुलाई असर गर्ने बताएका छन् । केही मानिसले भने चीनमा प्रकास प्रदुषणको समस्यालाई तप वृद्धि गर्ने बताएका छन् ।

इन्टरनेशनल डार्क स्काई एशोसिएसन पब्लिक पोलिसीका निर्देशक जन बैरेनटीनले फोब्र्ससँग चन्द्रमाका कारण रातको समयमा प्रकाश बढ्ने बताएका छन् । डा. सिरिओटीले पनि बीबीसीसँग भनेका छन् ‘नक्कली चन्द्रमाको प्रकाश अत्याधिक भएमा यसको असर प्रकृतिमा पर्नेछ।’ 

बिबिसीको सहयोगमा  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved