लोभले लाभ, लाभले विलाप : कम्पनी मालिकलाई ठग्न खोज्दा जेलको वास

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 25, 2018 | 10:25:32 AM मा प्रकाशित

laxmi  sunrise bank

'लोभले लाभ लाभले बिलाप' भन्ने नेपाली उखान नै छ। कुनै पनि कुरामा अति लोभ गर्दा मान्छेले कतिसम्मको दुख पाउँछ भन्ने कुरा भारतीय कम्पनीमा भएको एक उदाहरणलाई लिन सकिन्छ। 

पेमेन्ट गेटवेको रुपमा प्रख्यात कम्पनी पेटीएममा भाइस प्रेसिडेन्टका रुपमा काम गर्ने सोनिया धवनले बार्षिक ८० लाख भारु सेवा सुविधा पाउने गर्थिन। तर उनले आफ्नो जिम्मेवारीको दुरुपयोग गर्दै कम्पनीको डाटा चोरी गरि कम्पनीका मालिक बिजय शेखर शर्मासंग २० करोड भारु फिरौती माग गरिन।

आफुले त्यति ठुलो राशिको फिरौती दिन नसक्ने भएपछि कम्पनी मालिक शर्माले प्रहरीमा उजुरी दिए। उक्त उजुरीको आधारमा प्रहरीले धवन र डाटा चोर्न सघाउने उनका पति र अर्का कर्मचारी देबेन्द्रलाई पक्राउ गर्यो। अनुसन्धानको क्रममा उनीहरु दोषी पाइएपछि उनीहरु अहिले जेलमा छन। 

बार्षिक डेढ करोड रुपैयाँ कमाउने ति महिलाको पुरा रात जेलको कालकोठरीमा बित्यो। सुत्नलाई उनलाई दुईवटा कम्बल र खानलाई सुक्का रोटि मिल्यो। लोभले गर्दा कम्पनीकै मालिकलाई ब्ल्याकमेलिग गर्दा कुनै बेला फाइब स्तर होटलमा डिलक्स सुविधा लिने धवन जेलको कालकोठरीको सजाय भोग्दै छिन।  

आफ्नै कम्पनीको डाटा चोरेर २० करोड फिरौती मागेपछि....


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved