प्रयोगकर्ताको डाटा बेचेपछि फेसबुकलाई ८ करोड डलर जरिवाना

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 26, 2018 | 10:48:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सोसल मिडिया साइट फेसबुकमाथि कारबाही भएको छ । प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गरेको अभियोगमा फेसबुकमाथि ८ करोड डलर जरिवाना भएको हो ।

बेलायतको सूचना आयुक्तको कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरी फेसबुकलाई कारबाही सुनाएको हो । यो वर्षको सुरुवातदेखि नै चर्चामा रहेको क्याम्ब्रिज एनालिटिका डाटा काण्डको सन्दर्भमा फेसबुकमाथि यस्तो सजाय भएको हो । 

कार्यालयका अनुसार सन् २००७ देखि २०१४ सम्म फेसबुकले प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु अनाधिकृत रुपमा संश्लेषण गरी एप डेभलपरहरुलाई त्यस्ता डाटासम्म पहुँच दिएको थियो । फेसबुकले डाटा प्रयोगकर्ताको डाटा प्रोसेसिंग गर्नुअघि, प्रोसेसिंग गर्ने बेला तथा पछि पनि प्रयोगकर्ताको गोपनियता संरक्षण गर्न नसकेको सूचना आयुक्त इलिजाबेथ डेनह्यामले बताएकी छिन् । 

बेलायतको पूरानो डाटा प्रोटेक्सन ऐन १९९८ को प्रावधान अनु्सार सूचना आयुक्त कार्यालयले फेसबुकमाथि अधिकतमक सजाय सुनाएको हो । नयाँ कानून अनुसार भने यस्तो सजायँको अधिकतम सिमा १ करोड ७० लाख पाउण्ड वा कम्पनीको कूल विश्वव्यापी आम्दानीको ४ प्रतिशत रहेको छ । 

फेसबुकले यसको प्लेटफर्म प्रयोग गर्ने एप तथा एप डेभलपर्समाथि पर्याप्त नियन्त्रण गर्न नसक्दा ऊ प्रयोगकर्ताका व्यक्तिगत डाटा सुरक्षामा असफल भएको ठहर आयोगको छ । एप डेभलपर अलेक्जेन्डर कोगानले हात पारेका ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका डाटा पछि क्याम्ब्रिज एनालिटिकालाई बेचेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved