श्रीलंकामा संबैधानिक संकट, राष्ट्रपति सिरिसेनाले किन गरे संसद निलम्बन ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 28, 2018 | 11:53:03 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद निलम्बन गरेका छन्न । प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रिपरिषद् नै विघटन गरेको भोलिपल्ट सनिबार राष्ट्रपति सिरिसेनाले संसद पनि निलम्बन गरेका हुन।

यसअघि शुक्रबार राष्ट्रपति सिरिसेनाले पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । गठबन्धन युनाइटेड पिपुल्स फ्रिडम अलायन्स (युपिएफए)ले सरकार छाड्ने निर्णय गरेपछि सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई हटाएर राजापाक्षेलाई नयाँ प्रधानमन्त्रीको सपथ खुवाएका थिए । 

कहिलेसम्म संसद निलम्बन ? 

नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपति सिरिसेनाले संसद निलम्बन गरेका छन् । हटाईएका प्रधानमन्त्री विक्रमासिंगेले संसदको आपतकालीन बैठक बोलाउन माग गरिरहेका वेला राष्ट्रपतिले भने संसद नै निलम्बन गरिदिएका छन् । विक्रमासिंगेले भने आफू बहुमत प्राप्त प्रधानमन्त्री भएकाले बहुमत रहेसम्म प्रधानमन्त्री पदमै रहने दाबी गरेका छन। उनले संसदमा आफ्नो बहुमत कायम नै रहेको भन्दै राष्ट्रपतिले हटाएको भरमा आफू पदच्युत नहुने पनि जिकिर गरेका छन् । 

सन् २०१५ को अगस्टमा भएको संसदीय निर्वाचनमा विक्रमासिंगेको युनाइटेड नेसनल फ्रन्ट फर गुड गर्भनेन्स (युएनएफजिजी) ले १०६ सिट ल्याएको थियो  । २२५ सिट रहेको संसदमा प्रमुख विपक्षी पार्टी युनाइटेड पिपुल्स फ्रिडम एलियन्स (युपिएफए)ले ९५ सिट ल्याएको थियो । युपिएफए राष्ट्रपति सिरिसेनाको पार्टी हो । सरकार बनाउन ११३ सिट आवश्यक पर्ने भएपछि दुवै पार्टीको गठबन्धनमा सरकार गठन भएको थियो । 

सन् २०१५ मै भएको राष्ट्रपति निर्वाचनमा सिरिसेनाले राजापाक्षेलाई पराजित गरेका थिए । आफूले राष्ट्रपतिमा हराएको व्यक्तिलाई नै सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेपछि संसारले आश्चर्य मानेको छ । 

श्रीलंकामा अकस्मात प्रधानमन्त्री परिवर्तन, प्रमुख बिरोधिलाई नै प्रधानमन्त्रीमा नियुक्ति

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved