श्रीलङ्काको राजनीतिक तनाव उत्कर्षमा, राष्ट्रपति र सभामुखका आ–आफ्नै प्रधानमन्त्री

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 28, 2018 | 05:23:02 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलङ्कामा राजनीतिक तनाव चुलिएको छ । राष्ट्रपति र सभामुख नै विभाजित भएपछि श्रीलङ्काको राजनीतिक तनावले उच्च रुप लिएको हो ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पदमुक्त गरेका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएका छन् । सभामुख कारु जयसुरियाले विक्रमासिङ्घे वैधानिक प्रधानमन्त्री भएको र राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउन र नियुक्त गर्न नमिल्ने बताएका छन् । अर्को व्यक्तिले संसदमा आफ्नो पक्षमा बहुमत पुष्टी नगर्दासम्म विक्रमासिङ्घेले नै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न पाउने उनको तर्क छ । 

यता राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरी सपथ समेत खुवाएका माहिन्दा राजापाक्षेले भने आफूले संसदमा स्पष्ट बहुमत देखाउन सक्ने दाबी गरेका छन् । आफ्नो बहुमत देखाउन अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेले तत्काल संसद बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपति सिरिसेनाले भने संसद नै निलम्बन गरिदिएका छन् । आगामी नोभेम्बर १६ सम्मका लागि उनले संसद निलम्बन गरेका हुन् । 

राष्ट्रपति सिरिसेनाको सत्तारुढ दलले नै गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि प्रधानमन्त्री परिवर्तन गरेका थिए । गएको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति सिरिसेनासँग राजापाक्षे नै प्रतिस्पर्धी थिए ।

यसअघि:

श्रीलंकामा संबैधानिक संकट, राष्ट्रपति सिरिसेनाले किन गरे संसद निलम्बन ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved