८ सैनिक मारिएको भारतको दाबि झुटो: पाकिस्तान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 21, 2016 | 11:31:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको सिमा सुरक्षा बलले फायरिङमा आठ पाकिस्तानी रेन्जरको मृत्यु भएको छ। सिमानामा भारतीय सुरक्षाबलले गरेको फायरिङमा ८ पाकिस्तानी रेन्जरको मृत्यु भएको बिबिसीले जनाएको छ। 

बिबिसी सम्बाददाता रियाज मशहुरले बिएसएफका आइजी राकेश कुमारलाई उद्र्त गर्दै कठुआमा अन्तराष्ट्रिय सिमाना जनिक भएको जवाफी कारबाहीमा आठ पाकिस्तानी रेन्जरको मृत्यु भएको बताएका छन। 

फायरिङमा पाकिस्तानी रेन्जरका साथ साथै एक चरमपन्थीको मृत्यु तथा अर्का एक चरमपन्थी घाइते भएको आइजी राकेश कुमारले बताएको बिबिसीले जनाएको छ। 

बिहिबार बिहान पाकिस्तानको तर्फबाट गरिएको फायरिङमा एक बिएसएफ जवान गम्भीर घायल भएको आइजी शाहले जनाएको बिबिसीले उल्लेख गरेको छ। उनका अनुसार जवाबी कारबाहीमा पाकिस्तानी रेन्जरको मृत्यु भएको हो। 

भारतका गृहमन्त्री राजनाथ सिंह हालै मा भारत पाकिस्तान सिमाना भ्रमण गरेका थिए। जहान उनले सिमाना पारिबाट फायरिङ भएको अवस्थामा जवाबी कारबाही गर्न निर्देशन दिएका थिए।

उता पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिम बाजवाले भारतको दाबीलाई झुट बताएका छन। 'आज भारत पाकिस्तानको सिमानाको शकरगढ क्षेत्रमा भारतले बिना कारण आक्रमण गरेको छ। पाकिस्तानी रेन्जरहरुले कडा जवाफ दिए। पाकिस्तानका कुनै नोक्सानी भएको छैन।' आसिम बाजवाका अनुसार भारतको सिमानामा भएको आक्रमणमा कुनै पनि पाकिस्तानी सेना या रेन्जरको मृत्यु या घाइते भएको दाबी सरासर झुट हो।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved