समुन्द्रमा खसेको विमानमा १८८ जना सवार, जहाजको केहि भाग फेला

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 29, 2018 | 10:00:26 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्डोनेशियामा दुर्घटनाग्रस्त भएको विमानमा १८८ जना सवार रहेको पुष्टि भएको छ । विमानमा १७८ यात्रु, १ नाबालक, २ बच्चा, २ पाइलट र ५ कृ मेम्बर गरी १८८ जना रहेको कम्पनीले जनाएको छ । 

इन्डोनेशियाको बजेट एयरलाइन्सका रुपमा परिचित लायन एयर समुन्द्रमा खसेर दुर्घटना भएको हो । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार बोइंग ७३७-८०० उक्त जहाज उडेको १३ मिनेट मै सम्पर्कबिहिन भएको थियो  । राजधानी जाक्रताबार स्थानीय समय ६:२० मा उडेको उक्त जहाज ७:२० मा पन्कलमा अवतरण गर्नु पर्ने थियो। 

 समुन्द्रमा विमानको केहि भग्नावशेष र केहि सिट फेला परेका छन् ।उद्दार तथा खोजि कार्य जारि रहेको अधिकारीहरुले बताएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved