भारतमा ६५ लाख डेबिट कार्ड ‘ह्याक’, सर्जिकल स्ट्राइकमा पाकिस्तानको बदला!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 22, 2016 | 01:33:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सुरुवातमा भारतीय बैंकहरुको डेबिट कार्ड डाटा चोरीको मामिला ३२ लाखमा सिमित थियो। तर अब यो संख्या बढेर ६५ लाख पुगेको छ। डेबिट कार्ड डाटा चोरीको संख्या बढ्ने क्रममा रहेको छ। 

अहिले सम्म करिब ६५ लाख डेबिट कार्ड डाटा ह्याकर्सको कब्जामा पुगेको छ। यस बारे गत अक्टुबर ७ देखि नै बैंकहरुलाई चेतावनी दिईदै आएको जनाइएको छ। यस मामिलाबारे जानकारी दिंदा पनि बैंकहरुको बेवास्ताका कारण यतिका ठुलो संख्यामा ह्याक भएको बताइएको छ। 

मिडिया रिपोर्टका अनुसार साइबर आक्रमण अनुगमन गर्ने शिर्ष संस्था कम्युटर इमर्जेन्सी रेस्पोन्स टिम इन्डियाले बैंकहरुलाई साइबर आक्रमणको चेतावनी गत जुलाईदेखि नै दिदै आएको थियो। त्यसपछि १२ र २४ अगस्टमा माल्वेयर आक्रमणको चेतावनी दिइएको थियो। ७ अक्टोबरमा बिशेष रुपमा नै सबै बैंकहरुलाई जानकारी दिइएको थियो। 

यो साइबर आक्रमण पाकिस्तानको तर्फबाट हुने सक्ने बारे उक्त संस्थाले पहिले देखि नै बैंकहरुलाई जानकारी गराउदै आएको जनाएको छ। भर्खरै मात्रै एटिएम नेटवर्कमा माल्वयर मार्फत आक्रमण हुन सक्ने बारे सचेत गराइएको थियो। यद्दपी यस बारे कुनै पनि बैंकले बिशेष कदम नचालेको उक्त संस्थाले आरोप लगाएको छ। जस कारण ३२ लाख डेबिट कार्ड ह्याक हुँदा १ करोड ८० लाख रुपैयाँ खाताबाट निकालिएको छ। 

केन्द्र सरकारले यस बारे पूर्ण रिपोर्ट माग गरेको छ। यतिका ठुलो संख्यामा डाटा लिक हुँदा केन्द् सरकारले प्रभावित बैंकहरुलाई र आरबिआईसंग सोधपुछ गरेको छ। यतिका ठुलो मात्रामा भएको ह्याकबारे बैंक तथा वित्तीय संस्थाहरुसंग केन्द्रीय सरकारले स्पस्टिकरण मागेको छ। त्यस्तै केन्द्रीय सरकारले प्रभावित बैंक र पेमेन्ट गेटवे कम्पनीहरुसंग यस बारे जांच गर्न आदेश जारि गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved