राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेटवार्ता, दुई महत्त्वपूर्ण बिषयमा सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 31, 2018 | 12:20:50 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच अमिरी दिवान (दरबार) मा भेटवार्ता भएको छ । अमिरी दिवानमा अमीरी गार्डको एक बिशेष सैनिक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा लामी अर्पण गरेको थियो। 

कतारका अमीरले राष्ट्रपति भण्डारी र प्रतिनिधि मण्डलको स्वागत निकै उत्साहका साथ गर्दै दुई देशबिच रहिआएको बिशेष प्रकारको मैत्रीपुर्ण सम्बन्धलाई उच्च तहमा सम्बोधन गरेका थिए। यस भ्रमणको विशेषतालाई बयान गर्दै भ्रमणले दुई देशबिच धेरै बिषयहरुमा सहकार्य र सहयोग  हुन सक्ने कुरा कतारी अमिरले औल्याएका थिए। 

राष्ट्रपति भण्डारीबाट पनि कतारका अमीरको जुनाफमा आफूलाई कतार भ्रमणको निम्तो दिएकोमा धन्यवाद ब्यक्त गर्दै यसले दुई देशबीचको सम्बन्ध झनै प्रगाढ हुने कुरामा आफूले बिश्वास लिएको बताइन। दुइदेश बिच धेरै क्षेत्र तथा समान बिषयमा सहयोग तथा सहकार्य हुन सक्ने र यस बाट दुइदेश बिच रहेको कुटनैतिक सम्बन्धले थप उचाई लिने राष्ट्रपति भण्डारीले बिश्वास व्यक्त गरिन।

दुई राष्ट्रअध्यक्षबिचको भेटघाटमा लगानी प्रवर्द्धन गर्न सकिने र शिक्षा स्वास्थ्य कृषि पर्यटनको क्षेत्रमा एक आपसमा सहकार्य गर्न सकिने बारे छलफल भएको छ। साथै एक आपसमा क्षमता बिकास र अनुभव साटासाट गर्न कतारलाइ चाहिने श्रमशक्तिमा पनि सहकार्य गर्न सकिने बिषयमा समेत कुराकानी भएको छ। 

त्यस्तै राष्ट्रपति भण्डारीले कतारले श्रमिक एवं श्रमको क्षेत्रमा गरेको बिकास र आप्रवासी कामदारको सेवा सुविधा एवं सुरक्षामा देखाएको उतारताको प्रसंशा गर्दै नेपाली कामदारको हितमा हुने बिषयबारे चाँसो व्यक्त गरिन।  

सझौतामा हस्ताक्षर 

दीवान ए अमीरिमा दुई देशका राष्ट्रअध्यक्षबीचको उपस्थितिमा केही सम्झौतामा हस्ताक्षर भएको छ। बिशेषगरि कुटनैतिक राहदानीवाहक तथा बिशेष  राहदानीवाहक लाई भिसा आवश्यकता नपर्ने र अनएराइभल भिसा दिने कुरामा कतारका तर्फबाट परराष्टमन्त्री शैख मोहम्मद बिन अब्दुल्लाह अलथानि र नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालिबाट हस्ताक्षर भएको छ। 

यसै गरि कृषि एवं खाद्यान्न सुरक्षाको क्षेत्रमा पनि दुवै देशबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यस अवसरमा दीवान ए अमीरीमा कतार सरकारका मन्त्रीगण उच्चपदस्त अधिकारी एवं उद्योगपतिहरुको सहभागीता रहेको थियो। आजै कतारका अमीरका तर्फबाट राष्ट्रपति भण्डारीको  सम्मानमा एक बिशेष दिवाभोजको आयोजना गरिएको थियोे। जस्मा उच्च कतारी अधिकारी, मन्त्री गण, नेपाली प्रतिनिधिमन्डलका सदस्य र उद्योगपतिहरुको उपस्थिति रहेको थियो। 

मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छिन।

तस्विर: मोहम्मद रमजान अलि मियाँ 






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved